बुङ्गल हाइड्रोको आइपीओ भदौ १६ गते निष्काशन हुने « Khabarhub

बुङ्गल हाइड्रोको आइपीओ भदौ १६ गते निष्काशन हुने


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले भदौ १६ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको हो।

कम्पनीले पहिलो चारणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गर्ने छ। दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ।

हाइड्रोले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो। जसमा ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावितलाई र २ लाख ७ हजार ५०० कित्ता शेयर विदेशमा भएका लागि निष्काशन गर्ने छ।

त्यसपछि एक लाख एक हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषलाई र ६२ हजार २५० कित्ता शेयर कर्मचारीलाई वितरण गर्ने छ।

त्यो सबै बाँडफाँड भएपश्चात सर्वसाधारण लगानीकर्ताका लागि १७ करोड एक लाख ५० हजार रुपैयाँ बराबरको १७ लाख एक हजार ५०० कित्ता साधारण शेयर निष्काशन हुने छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले शेयर निष्काशन हुने छ।

न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिने छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड नियुक्त भएको छ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ९ : ३४ बजे

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको

मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण

मुस्ताङ– यहाँका किसानलाई आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले अनुदान सहयोगमा मौरीसहितका

नयाँ वर्षमा घुम्टेमा ‘गुराँस उत्सव’

गण्डकी– हरेक वसन्तयाममा थरिथरिका गुराँसले ढकमक्क हुन्छ बागलुङको पर्यटकीय लेक