बुङ्गल हाइड्रोको आइपीओ भदौ १६ गते निष्काशन हुने « Khabarhub

बुङ्गल हाइड्रोको आइपीओ भदौ १६ गते निष्काशन हुने


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले भदौ १६ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको हो।

कम्पनीले पहिलो चारणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गर्ने छ। दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ।

हाइड्रोले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो। जसमा ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावितलाई र २ लाख ७ हजार ५०० कित्ता शेयर विदेशमा भएका लागि निष्काशन गर्ने छ।

त्यसपछि एक लाख एक हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषलाई र ६२ हजार २५० कित्ता शेयर कर्मचारीलाई वितरण गर्ने छ।

त्यो सबै बाँडफाँड भएपश्चात सर्वसाधारण लगानीकर्ताका लागि १७ करोड एक लाख ५० हजार रुपैयाँ बराबरको १७ लाख एक हजार ५०० कित्ता साधारण शेयर निष्काशन हुने छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले शेयर निष्काशन हुने छ।

न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिने छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड नियुक्त भएको छ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ९ : ३४ बजे

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र