सुत्केरीलाई पोषण सामग्री वितरण « Khabarhub

सुत्केरीलाई पोषण सामग्री वितरण


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भोजपुर– सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ–९ लेखर्कमा पोषण सामग्री वितरण गरिएको छ । वडाले यहाँका लक्षित सुत्केरी महिलालाई पोषण सामग्री दिएको हो ।

वडाले करिब ७५ हजार बजेट विनियोजन गरी २० जना सुत्केरी महिलालाई घ्यू, अण्डा, गेडागुडी, सरसफाइका सामग्रीलगायत पोषण सामग्री उपलब्ध गराएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए ।

उनका अनुसार सुत्केरी आमामा पोषण कमी नहोस् र नवजात शिशुको स्वास्थ्य सुदृढ होस् भन्ने उद्देश्यका साथ गत वर्षदेखि कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

‘वडाका २० जना सुत्केरीलाई पोषण सामग्री वितरण गरेका छौँ’, माङ्गपाहाङ्गले भने, ‘आमा र बच्चाको स्वास्थ्यमा ध्यानमा राखेर सामग्री दिएका हौँ । यसलाई हामी निरन्तरता दिन्छौँ । कार्यक्रमले सुत्केरी र बच्चाको पोषणको क्षेत्रमा सहजता थप्ने अपेक्षा लिएका छौँ ।

सो अवसरमा सहभागीलाई स्थानीय खाद्य वस्तु, जैविक खानेकुराको महत्व र पोषणसँग सम्बन्धित सचेतनामूलक सन्देश पनि दिइएको छ । (रासस)

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ९ : ५५ बजे

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको छुट्टाछुट्टै रिट सर्वोच्चमा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालत

मलेसियामा मृत्यु भएका बोहराको शव ल्याउन सरकारसँग माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् टीका संग्रौला अछामको मेल्लेख गाउँपालिका–६ सोडसा कालापातालका

इरानले होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क लिने, संसद्बाट पारित भयो प्रस्ताव

तेहरान- इरानको संसदले होर्मुज जलडमरूमध्य हुँदै गुज्रिने जहाजबाट टोल अर्थात्

प्रतिनिधिसभा बैठक : उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं- प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग,

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा