एसएस राजामौलीको फिल्ममा हलिउड निर्देशक जेम्स क्यामरुन  « Khabarhub

एसएस राजामौलीको फिल्ममा हलिउड निर्देशक जेम्स क्यामरुन 


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार महेश बाबु हाल चर्चित निर्देशक एस.एस. राजामौलीसँग मिलेर बहुप्रतिक्षित फिल्म ‘एसएसएमबी–२९’ मा काम गरिरहेका छन् । यो चलचित्रको शीर्षक र विषयवस्तु २०२५ नोभेम्बरमा सार्वजनिक हुने घोषणा भइसकेको छ ।

चर्चाअनुसार, यो फिल्मसँग टाइटानिक र अवतारका दिग्गज निर्देशक जेम्स क्यामरुनको नाम समेत जोडिएको छ । भारतमा हुने ‘अवतार ३ ः फायर एन्ड एश’ को प्रमोसनको क्रममा निर्देशक क्यामरुन स्वयंले नै महेश बाबुको फिल्मको टाइटल अनावरण गर्न सक्ने अनुमान गरिएको छ । तर, यसबारे निर्माताले हालसम्म औपचारिक पुष्टि गरेका छैनन् ।

फिल्मलाई विश्वव्यापी जङ्गल एड्भेन्चरका रूपमा बनाइँदै छ । यसमा महेश बाबु एक साहसी अन्वेषकका रूपमा प्रस्तुत हुनेछन् ।

एस.एस. राजामौलीको यो फिल्म करिब नौ सयदेखि एकहजार करोड रुपैयाँ बजेटमा बन्न लागेको भारतीय मिडियाले खुलासा गरेको छ । सुरुमा यसलाई दुई भागमा प्रदर्शन गर्ने योजना भए पनि अहिलेको तयारीअनुसार यसलाई एकल परियोजनाका रूपमा मात्र २०२७ मा रिलिज गर्ने तय गरिएको छ ।

अभिनेता महेश बाबुको ५०औँ जन्मदिनका अवसरमा फिल्मको  टिमले आधिकारिक अपडेट दिँदै, नोभेम्बर २०२५ मा फिल्मको विशेष घोषणा गर्ने बताएका छन् ।

पिङ्कभिलाको रिपोर्टअनुसार, फिल्मको सुटिङ २०२५ सेप्टेम्बर दोस्रो सातादेखि दक्षिण अफ्रिकामा सुरु हुनेछ । यसअघि केही दृश्यहरू अभिनेत्री प्रियंका चोपडा जोनससँग हैदराबादको इनडोर स्टुडियोमा खिचिएको बताइएको छ ।

फिल्ममा चर्चित कलाकार महेश बाबु र प्रियंका चोपडा जोनस मुख्य भूमिकामा देखिने छन् । उनीहरूसँगै अर्का कलाकार पृथ्वीराज सुकुमारन र आर. माधवन पनि महत्वपूर्ण भूमिकामा रहने छन् । 

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ११ : ५४ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले