भारतले गर्‍यो हवाई प्रतिरक्षा प्रणालीको सफल परीक्षण « Khabarhub

भारतले गर्‍यो हवाई प्रतिरक्षा प्रणालीको सफल परीक्षण


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतले हवाई प्रतिरक्षा प्रणालीको सफल परीक्षण गरेको छ । भारतीय रक्षा अनुसन्धान एवम्‌ विकास सङ्गठन (डीआरडीओ) ले शनिबार ओडिसाको तटमा एकीकृत वायु रक्षा प्रणालीको पहिलो सफल परीक्षण गरेको हो ।

अधिकारीहरूका अनुसारस यो हतियार प्रणालीमा सतहबाट वायुमण्डलमा प्रहार गर्न सक्ने मिसाइल, छोटो दूरीको मिसाइल र शक्तिशाली लेजर हतियार जडान गरिएको छ ।

यो प्रतिरक्षा प्रणालीले दुश्मनको युद्धक विमान, ड्रोन र क्रूज मिसाइललाई भेदन गर्न सक्ने डीआरडीओले जानकारी दिएको छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले हवाई प्रतिरक्षा प्रणालीको सफल परीक्षण गरेको डीआरडीओलाई बधाई दिएका छन्‌ ।

सिंहले विद्यु्तीय सञ्जाल एक्समा लेखेका छन्, ‘यसले दुश्मनबाट सम्भावित हवाई खतरासँग जुध्न सहयोग मिल्नेछ, देशको रक्षा पङ्क्तिलाई थप बलियो बनाउनेछ ।’

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  १२ : २० बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको