राष्ट्रपति भेट्न पुगे विपिन जोशीका परिवार | Khabarhub Khabarhub

राष्ट्रपति भेट्न पुगे विपिन जोशीका परिवार


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् । 

इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र बहिनी पुष्पा जोशीले इजरायल पुगेर त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थिए । 

विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको जनाउँदै यो विषय अन्तरराष्ट्रियस्तरमा पुगेको बताए । उनीहरूले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि सबैलाई आग्रह गरे । 

आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले रिहाइका लागि पहल गर्न आग्रह गरिन् । सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताएका थिए । 

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  १२ : ५० बजे

कोशीको आमसञ्चार विधेयकविरुद्ध सडकमा पत्रकार, उल्टो हिँडेर गरे विरोध प्रदर्शन

काठमाडौं– कोशी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आमसञ्चार सम्बन्धी

‘कोशी प्रदेश स्वास्थ्य नीति’ सार्वजनिक

मोरङ– कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ‘कोशी प्रदेश स्वास्थ्य नीति

करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी–  दुहबी नगरपालिका-८ स्थित विश्वकर्मा ईन्जिनियरिङ्ग वोर्कस वर्कसपमा काम गर्ने क्रममा करेन्ट

तीजको लागि यस्तो छ पशुपति क्षेत्र विकास कोषको तयारी

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले भाद्र १० गते मंगलबार मनाइने

प्रयोगशाला देखेर तर्सिन थाले पूर्वका किसान, जे जाँच्यो – त्यसैमा विषादी !

सुनसरी – विषादीरहित वा तोकिएको मापदण्डभन्दा कम विषादीमात्र प्रयोग भएका