रक्तदान परोपकारी हितसँगै स्वयंको पनि हित होः प्रदेश प्रमुख भट्ट « Khabarhub

रक्तदान परोपकारी हितसँगै स्वयंको पनि हित होः प्रदेश प्रमुख भट्ट


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रक्तदानले परोपकारी हितसँगै स्वयं व्यक्तिको पनि हित हुने बताएका छन् ।

बह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल पार्दी शाखाले आइतबार आयोजना गरेको रक्तदान शिविरको उद्घाटन गर्दे उनले रक्तदान कार्यक्रम मानवीय, धार्मिक र सामाजिक कर्मसँग जोडिएको पवित्र कार्य रहेको बताए ।

उनले स्वैच्छिक रक्तदान एउटा महत्त्वपूर्ण मानवीय र सामाजिक सेवा भएको बताए । यस्ता कार्यले युवापुस्तामा मानवसेवा र सहयोगी भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै उनले भने, ‘रक्तदानको महत्वबारेमा थप जागरूकता फैलाउन पनि उत्तिकै मद्दत गर्दछ ।’
 
संस्थाका अन्तर्राष्ट्रिय पूर्वमुख्य प्रशासिका राजयोगिनी प्रकाशमणिको १८औँ पुण्य स्मृति तथा विश्व भ्रातृत्व दिवसका अवसरमा नेपाल र भारतमा ब्रह्माकुमारीका प्रायः सबै स्थानीय सेवा केन्द्रले यही भदौ ६ देखि ९ गतेसम्म अन्तर्राष्ट्रिय रक्तदान शिविरको आयोजना गरेको शाखा प्रमुख अमृत दिदीले जानकारी दिइन्। 
 

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  २ : ०८ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति