धवलशम्शेरले भने- कुनै हालतमा राप्रपालाई फुट्न दिनु हुँदैन | Khabarhub Khabarhub

धवलशम्शेरले भने- कुनै हालतमा राप्रपालाई फुट्न दिनु हुँदैन


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का महामन्त्री धवलशम्शेर राणाले पार्टीको आगामी महाधिवेशनलाई प्रभावित पार्ने कुनै पनि काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

आइतबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री राणाले आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने समय आएकाले त्यसलाई प्रभावित गर्ने कुनै पनि काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका हुन् ।

महाधिवेशन समयमा निष्पक्ष रूपमा हुनुपर्ने उल्लेख गर्दै राणाले सबै पक्षलाई बाधा अवरोध नपारी सहज रूपमा महाधिवेशन प्रतिनिधि छनोट गर्न दिनुपर्ने बताए  ।

राणाले महाधिवेशनको मुखमा एकलौटी रूपमा नेता कार्यकर्तालाई हटाउने र स्पष्टीकरण माग्ने कार्यले देशभरका राप्रपा कार्यकर्ता चिन्तित रहेको धारणा राखे । उनले पार्टी विधि विधान विपरीत नेतृत्वले एकपक्षीय ढंगले निर्णय गर्दा केही समस्या देखिएको जिकिर गरे ।

त्यस्तै उनले कुनै हालतमा राप्रपालाई फुट्न नदिने स्पष्ट पारे । नेतृत्वका विषयमा केही फरक मत भए पनि पार्टी फुटाएर अघि बढ्ने सोच आफूहरूको नरहेको उनको भनाइ छ । 

महामन्त्री राणाले अध्यक्ष पार्टीको अभिभावक रहेकाले सबैलाई मिलाएर अघि बढ्न खोजे सबै कुरा मिल्ने तर एकलौटी निर्णय गरे मान्य नहुने चेतावनी दिए । उनले आगामी महाधिवेशनको मिति तोक्न ढिलाइ गर्न नहुनेमा समेत जोड दिए  ।

भिडियाेमा पनि हेर्नुहाेस् :

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  २ : १९ बजे

संविधान घोषणाको दशकलाई विशेष उत्सवका रूपमा मनाइने

काठमाडौं– नेपालको संविधान घोषणाको एक दशकलाई उत्सवका रूपमा भव्यताका साथ

तीजलाई मौलिक र परम्परागत संस्कृतिका रूपमा मनाउनुपर्छ : पम्फा भुसाल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले

जनतालाई खुसी बनाउने गरी सेवालाई चुस्त बनाउनुपर्छ : मन्त्री न्यौपाने

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जनतालाई खुसी

‘नाडा अटो शो’को एक लाख ६० हजार जनाले गरे अवलोकन

काठमाडौं– भृकुटीमण्डपमा सञ्चालन भएको १७औँ संस्करणको ‘नाडा अटो शो’को एक

 जनकपुरमा आयोजना हुने सुशासन सम्मेलनबारे परामर्श बैठक

महेन्द्रनगर– मधेस प्रदेश सरकारले अगामी असोजमा आयोजना गर्ने सुशासन सम्मेलनको