१ करोड कट्यो त ‘माग्ने राजा’को व्यापार, अन्य दुईको हालत कस्तो ? « Khabarhub

१ करोड कट्यो त ‘माग्ने राजा’को व्यापार, अन्य दुईको हालत कस्तो ?


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौ ६ बाट प्रदर्शनमा आएका तीन फिल्म मध्ये ‘माग्ने राजा’ले दर्शकबाट उल्लेखनीय साथ पाएको छ ।

सुरुवाती दुई दिनको अनुपेन्सी हेर्दा अर्को फिल्म ‘जनै हराएको मान्छे’ भने अपेक्षित व्यापार गर्न सकेन । तथापि फिल्म हेरेका दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

अर्को फिल्म ‘ताराहरु’ व्यापार भने कमजोर छ । यसको असर शो बाँडफाँटमा देखिएको छ । यसको शो संख्या खुम्चिएर पाँचभन्दा कम पुगेको छ ।

केदार घिमिरे ‘माग्ने बूढा’ र नायिका वर्षा सिवाकोटी स्टारर फिल्म ‘माग्ने राजा’ले उच्च अकुपेन्सीका साथ ओपनिङ गरेको थियो । पहिलो दिन शुक्रबार नै केही हलहरु हाउसफूल भेटिए ।

शनिबार सार्वजनिक बिदाको उपभोग यो फिल्मले राम्रैसँग गरेको पाइएको छ । शनिबार धेरै हलहरु यो फिल्मले हाउसफूल गर्न सफल भयो ।

वितरक रोतिह कट्टेलका अनुसार यो फिल्मको व्यापार निर्माण पक्षले सोचेभन्दा पनि राम्रो भएको छ । उनी भन्छन्, ‘हिजो शनिबारको व्यापार त झन् नै राम्रो छ । यति धेरै हलहरु हाउसफूल भए ।’

दुई फिल्मसँग बक्स अफिस प्रतिस्पर्धा गरे पनि ‘माग्ने राजा’को सुरुवाती दुई दिनको व्यापार सहजै एक करोड नाघ्ने उनले बताए । भने, ‘मलाई पनि बक्स अफिस रिपोर्ट आइसेकेको छैन । तर, एक करोड व्यापार सहजै कट्छ ।’

आइतबार पनि मोफसलका केही हलहरु हाउसफूल देखिएका छन् । आइतबार व्यापार कम हुने दिन पनि अकुपेन्सी राम्रै देखिएको वितरक कट्टेलको दाबी छ ।

व्यापारिक रुपमा सबैभन्दा सफल भएर रेकर्ड राखेको ‘पूर्णबहादुरको सारङ्गी’पछि नायक विजय बराल शीर्ष भूमिकामा रहेको पहिलो फिल्म ‘जनै हराएको मान्छे’ हो ।

विजयको कारण पनि यो फिल्मको व्यापार आक्रमक हुनसक्ने विश्लेषण गरिएको थियो । तर, अकुपेन्सी र विश्लेषण फरक देखिएको छ । यो फिल्मले मध्यम व्यापार गरेको छ ।

शनिबार यो फिल्मले पनि केही हल हाउसफूल गराएको थियो । शनिबार यो फिल्मको अकुपेन्सी ४०–५० प्रतिशत रह्यो । आइतबार पनि मोफोसलका केही एक–दुई हलको बुकिङ हाउसफूल देखिन्छ । तथापि यो फिल्मले सकारात्मक ‘वर्ड अफ माउथ’ पाएको छ ।

यस फिल्ममा विजयसहित नायिकाहरु केकी अधिकारी र मिरुना मगर शीर्ष भूमिकामा रहेका छन् ।

तीन फिल्ममा ‘तारा’ भने निकै कमजोर सावित भएको छ । शुक्रबार र शनिबार अकुपेन्सी कमजोर हुँदा आइतबारबाट यसको शो नै घटेको छ । सोमबारका लागि यसले तीन शो मात्रै पाएको छ ।

यस फिल्ममा आशान्त शर्मा, नायिका मेनुका प्रधान र मिरा खड्का मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ३ : ४० बजे

सेनाले सत्ता कब्जा गरेयता म्यान्मारमा पहिलो पटक निर्वाचन हुँदै, मतदान जारी

याङ्गुन- म्यान्मारमा सेनाले सन् २०२१ मा सत्ता कब्जा गरेपछि पहिलो

चीनद्वारा ‘फेङ्ग्युन –४–०३’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ- चीनले शनिबार देशको दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित शिचाङ्ग उपग्रह प्रक्षेपण

भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु (तस्बिरहरू)

काठमाडौं– भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु भएको छ । 

वडा कार्यालयको भवन बनाउन ११ कित्ता जग्गा दान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माणका लागि

एनएमए निर्वाचनः समावेशी टिम र सुधारको एजेन्डासहित टिम मंगल

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) निर्वाचन–२०८२ का लागि ‘टिम मंगल’ले समावेशी