विप्लवले भने- बाह्य शक्तिको दबाब झेल्न नसकेपछि सरकार एमसीसी स्वीकार्न बाध्य भयो « Khabarhub

विप्लवले भने- बाह्य शक्तिको दबाब झेल्न नसकेपछि सरकार एमसीसी स्वीकार्न बाध्य भयो


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाप्रति आशंका व्यक्त गरेका छन् । 

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विप्लवले एमसीसीको आर्थिक पारदर्शितामा नागरिकहरूको गम्भीर आशंका रहेको, कर्मचारीहरूले उपभोग गर्ने गाडी, तलब र दैनिक खर्च नेपालीका लागि आश्चर्यजनक तरिकाले बढी रहेकोसमेत बताए ।

एमसीसी नेपालको संविधान र कानूनभित्र नरहेको र यसमा नीतिगत र कानूनीमात्रै नभई व्यवहारिक पक्षहरू समेत निकै विवादित रहेको उनले बताए ।

एमसीसी परियोजना कार्यान्वयनका लागि खरिद गरिएका जमिनबारे जनताका विरोध र गुनासा रहेको भन्दै उनले एमसीसी कार्यान्वयन हुन निकै जटिल देखिएको जिकिर गरे ।  

विप्लवले एमसीसी परियोजना मुलुकको हितविपरित रहेको भए पनि बाह्य शक्तिको दबाब झेल्न नसकेपछि नेपाल सरकारले त्यसलाई स्वीकार गर्न बाध्य भएको बताए  । 

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ४ : ५० बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति