‘नाडा अटो शो’को एक लाख ६० हजार जनाले गरे अवलोकन | Khabarhub Khabarhub

‘नाडा अटो शो’को एक लाख ६० हजार जनाले गरे अवलोकन


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भृकुटीमण्डपमा सञ्चालन भएको १७औँ संस्करणको ‘नाडा अटो शो’को एक लाख ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ ३ गते उद्घाटन गरेको उक्त प्रदर्शनीमा अटोमोबाइलसँग सम्बन्धित १३५ प्रदर्शनी कक्ष रहेका छन् ।

यस वर्षको प्रदर्शनीमा विगतका तुलनामा ३० नयाँ उत्पादनलाई समेटिएको आयोजक संस्था नाडाले जनाएको छ । प्रदर्शनीको पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, उद्योगी, युवा व्यवसायी तथा सर्वसाधारणले अभिरुचिका साथ अवलोकन गरेका थिए ।

यस पटकको प्रदर्शनीमा अवलोकनकर्ताको मुख्य आकर्षण उड्ने कार र रोबर्टप्रति रह्यो । प्रदर्शनी समापनका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उत्कृष्ट प्रदर्शनीकक्ष सञ्चालन गर्ने उत्पादनकर्तालाई प्रशंसापत्र प्रदान गरे ।

समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले मुलुकमा सबैभन्दा बढी राजस्व प्राप्त गर्ने र उपभोक्ता जोडिएको क्षेत्र अटोमोबाइल रहेको बताए । 

उनले भने, ‘आफ्ना उत्पादनबारे जानकारी दिन र त्यसमा उत्पादकले विश्वास हासिल गर्न यस्ता प्रदर्शनी महत्त्वपूर्ण साबित हुनेछन् ।’

नेपालले अटोमोबाइल क्षेत्रमा उत्पादन बढाउन र आत्मनिर्भर बन्नेतर्फ पाइला अघि बढाउनुपर्ने आवश्यकतामा जोड दिँदै मन्त्री पौडेलले सडक यात्रालाई दुर्घटनारहित तुल्याउन तथा वातावरण मैत्री अटोमोबाइलका सामान उत्पादन गर्नेतर्फ ध्यान पुर्‍याउनुपर्छ भने ।

नाडाका अध्यक्ष करणकुमार चौधरीले नाडाका हरेक संस्करण स्मरणयोग्य भइरहेको दाबी गर्दै नेपालले पनि नयाँ प्रविधि र उपकरण उत्पादन गरी समृद्धिको यात्रामा अघि बढनुपर्नेमा जोड दिए  । उनले भने, ‘भविष्यको नयाँ नेपालको विश्वासको ढोका यस वर्षको प्रदर्शनीले खोलेको छ ।’

प्रदर्शनीमा पछिल्लो समय उत्पादन भएका विभिन्न प्रकारका विद्युतीय सवारीसाधन, पाटपुर्जा, टायर र लुब्रिकेटजस्ता सामग्री राखिएका थिए । रासस

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ६ : १७ बजे

हौसिएका वामदेवले भने : हाम्रो पार्टीका सदस्य एक करोड पुर्‍याउन सक्छौँ

काठमाडौं– नवघोषित नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले पार्टीलाई उत्पादनमा

जेन-जी आन्दोलन जाँचबुझ आयोगले लियो रवि लामिछानेसँग बयान

काठमाडौं– गत भदौ २३ र २४ को घटनासम्बन्धी उच्चस्तरीय जाँचबुझ

प्रचण्डको घोषणा : कसैको टाउको दुख्ला, हाम्रो पार्टी देशकै एक नम्बर भयो

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी हुने

८२ प्रतिशत महिला जनप्रतिनिधि विभेदमा 

काठमाडौं– २०७९ को स्थानीय तह निर्वाचनमा १४ हजार महिला निर्वाचित

दोहामा अपाङ्ग व्यक्तिको न्यायमा पहुँचबारे विश्वस्तरीय छलफल

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा जारी ‘सामाजिक विकासका