राष्ट्रिय वाणिज्य बैंकद्वारा घर तथा सवारी कर्जामा सुविधा घोषणा « Khabarhub

राष्ट्रिय वाणिज्य बैंकद्वारा घर तथा सवारी कर्जामा सुविधा घोषणा


८ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सेवाग्राहीका लागि कर्जामा विशेष सुविधा घोषणा गरेको छ । सो बैंकले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै घर तथा सवारी कर्जामा विशेष सुविधा घोषणा गरेको हो ।

कर्जा सुविधाअन्तर्गत अधिकतम पाँच करोड रुपैयाँसम्मको सीमा रहेको घर कर्जा अब ६.३० प्रतिशत ब्याजदरमा लिन सकिने बैंकले जनाएको छ । उक्त घर कर्जाका लागि प्रशोधन शुल्क ०.२५ प्रतिशत तोकिएको छ भने कर्जाको अवधि २० वर्षको हुनेछ ।

त्यसैगरी सवारी कर्जातर्फ विद्युतीय गाडी खरिदका लागि ६.१० प्रतिशत ब्याजदर र इन्धन गाडी खरिदका लागि ६.८० प्रतिशत ब्याजदरमा अधिकतम एक करोड रुपैयाँसम्म कर्जा सुविधा लिन सकिने बैंकले जनाएको छ । 

दुवै किसिमका सवारी कर्जाको प्रशोधन शुल्क ०.५० प्रतिशत तोकिएको छ भने कर्जाको अवधि सात  वर्षको हुने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय वाणिज्य बैंकले चाडपर्वका अवसर पारेर सो सुविधा घोषणा गरेको बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिए  । देशका सबै जिल्लामा रहेका तीन सय १० शाखा कार्यालयमार्फत राष्ट्रिय वाणिज्य बैंकले सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको छ ।

बैंकले आफ्नो सेवालाई समयसापेक्ष बनाउँदै प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैंकिङ सेवा विकासमा केन्द्रित गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  ८ : २१ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता