चन्द्र नहरमा डुबेर एकको मृत्यु « Khabarhub

चन्द्र नहरमा डुबेर एकको मृत्यु


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नगरपालिका–६ घोगनपुर बस्ने ४६ वर्षीय सत्रुधन सरदार रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर नुहाउने क्रममा डुबेर बेपता भएका सरदारलाई स्थानीयले खोजतलास गर्दा मृतावस्थामा भटेको प्रहरीले जनाएको छ ।

एक हप्ताअघि पनि सोही नगरपालिका–८ स्थित चाँदनीचोक नजिक चन्द्र नहरमा डुबेर नगरपालिका–७ बलुवाका ५० वर्षीय गोविन्द चौधरीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  १० : ३६ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती