यी भूभागमा मध्यम वर्षाको सम्भावना « Khabarhub

यी भूभागमा मध्यम वर्षाको सम्भावना


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको जनाएको छ । तर, स्थानीय वायुको आंशिक प्रभाव भने कायमै रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो मौसम देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी तराई भूभागका एकदुई स्थानमा स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

आज सूर्योदय बिहान ५ बजेर ५३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५८ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ६ : ५९ बजे

संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अदालतको फैसला, नेपालको संविधान

प्रधानमन्त्रीलाई विदुषीले भनिन्- आरोप लाग्नेबित्तिकै व्यवसायीलाई पक्रिँदै थुन्नाले मनोबल घटाएको छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी

चीनबाट नेपालमा पाँचौँ चरणको आपत्कालीन राहत सामग्री आइपुग्यो 

काठमाडौं– चीनले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको पाँचौँ खेप

कुमार बेनलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्टको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ

भोटेकोशीमा बाढीमा दोलखाका ५४ जना बेपत्ता, अन्तिम संस्कारको तयारीमा आफन्त

दोलखा– भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर दोलखाका ५४ जना बेपत्ता