हिलो र धुलोले अस्तव्यस्त धुलिखेल–खावा सडक  « Khabarhub

हिलो र धुलोले अस्तव्यस्त धुलिखेल–खावा सडक 


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको ४ किलोमिटर सडक यात्रा गर्दा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । घाम लाग्दा धुलाम्मे हुने र पानी पर्दा हिलाम्मे हुने यो सडकको विशेषता नै बनेको छ ।

सडक निर्माण कार्य समयावधिभित्र सम्पन्न नगर्नु र मर्मतमा सम्बन्धित निकायले ध्यान नदिनु जस्ता कारणले त्यस क्षेत्रका स्थानीयहरू वर्षौँदेखि धुलो र हिलो झेल्न बाध्य भएका छन् ।

त्यससँगै सडक डिभिजन कार्यालय भक्तपुरले सो निर्माणाधीन सडकखण्डको ठेक्का समेत रद्द गरेको छ । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको गौरी पार्वती निर्माण सेवा प्रालि नामक कम्पनीले विसं २०७९ साल जेठ २० मा २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी २० करोड १९ लाख ४६ हजार पाँच सय एकमा ठेक्का लिएको थियो ।

ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण सम्झौता गरे अनुसार समयसीमा सकिए पनि निर्माणको काम सकिएको छैन । पछिल्लो वर्षदेखि उक्त सडकखण्ड निर्माण कार्य बन्द जस्तै थियो ।

उक्त सडकमा गुड्ने मालबाहक सवारीको भारबहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन सडक डिभिजन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना थियो । उक्त सडकका लागि २० करोड १९ लाख ४६ हजार पाँच सय रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

अरनिको राजमार्ग नेपालको लागि एक व्यावसायिक तथा पर्यटकीय राजमार्ग समेतको रूपमा रहेको छ । चीनको नाकासँगै, सिन्धुपाल्चोक, दोलखा, रामेछापलाई यही राजमार्गले राजधानीसँग जोडेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ११ : १६ बजे

वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर

अब पोखरा–दुबई नियमित हवाई उडान

काठमाडौँ । अब पाखरा दुबई नियमित हवाई उडान हुने भएको

गृहमन्त्रीमा पुनः सुधन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाक- एमाले

काठमाडौँ । प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई

भारतमा नेटवर्किङ कम्पनी खोलेर ठगीधन्दा

काठमाडौँ । नेटवर्किङ कम्पनीमार्फत ठगी गर्ने १२ जनालाई प्रहरीले पक्राउ

अदालतकै लेटरप्याड कीर्ते, एक जना पक्राउ

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको लेटरप्याड र आधिकारिक दस्तखतसमेत कीर्ते