अर्थमन्त्री खनालको निर्णय : सबै स्वकीय सचिवको जागिर खाेसियाे « Khabarhub

अर्थमन्त्री खनालको निर्णय : सबै स्वकीय सचिवको जागिर खाेसियाे


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राज्यको तर्फबाट स्वकीय सचिवको सुविधा लिएका अधिकांशको जागिर गएको छ ।

अर्थ मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री बाहेक सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने जनाएको छ ।

अर्थ मन्त्रालयको यो निर्णयसँगै राज्यका पूर्व विशिष्ट सबै पदाधिकारीले राज्यको तर्फबाट लिएको स्वकीयको सुविधा खारेज भएको छ ।

त्यस्तै, नेपाल सरकार र प्रदेश सरकारका मन्त्री र प्रदेश प्रमुखको स्वकीय सचिवालयमा बढीमा तीन जना मात्र नियुक्ति गर्न सक्ने अर्थ मन्त्रालयले निर्णय गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ११ : ३१ बजे

वालेन्द्र क्याबिनेटमा पुगे ६ महिला सदस्य, ३७ प्रतिशत सहभागिता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा उल्लेखनीय रूपमा महिला सहभागी

चितवनका ७२ जनामा क्षयरोग पुष्टि

चितवन- चितवन जिल्लाका विभिन्न पालिकामा गरिएको एआई एक्सरे क्याम्पबाट ७२

संसद्को चालु अधिवेशन मध्यरातिबाट अन्त्य

काठमाडौं- प्रतिनिधि सभाको चालु पहिलो संसद् अधिवेशन शुक्रबार मध्यराति १२

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट