रास्वपाको वेबसाइट ह्याक गरेर रविबारे लेखियो : न माफी दिन्छौँ, न त बिर्सिन्छौँ « Khabarhub

रास्वपाको वेबसाइट ह्याक गरेर रविबारे लेखियो : न माफी दिन्छौँ, न त बिर्सिन्छौँ


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘जेनजी राइजिङ नेपाल’ नामको एक ह्याकर समूहले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वेबसाइट ह्याक गरेको छ ।

उक्त ह्याकर समूहले रास्वपाको वेबसाइटभित्र छिरेर ‘प्रेस विज्ञप्ति’ सेक्सनमा एसक्यूएल इन्जेक्सन आक्रमण गरी आफ्नो सन्देश राखेको हो ।

गत भदौ २३ र २४ गते भएको जेन-जी विद्रोहका क्रममा रास्वपाले नख्खु जेलमा थुनिएका सभापति लामिछानेलाई निकालेकाले बदलामा वेबसाइट नियन्त्रणमा लिइएको ह्याकरले उल्लेख गरेका छन् ।

ह्यारको यो समूहले वेबसाइटमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई लक्षित छाडेको म्यासेजमा भनिएको छ, ‘न क्षमा दिने, न बिर्सने ।’

के लेखिएको छ सन्देशमा ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको राजनीतिक सर्कस हो, जसले भूतकाललाई नै भविष्य ठान्छ।

मुख्य विचार जवाफदेहीबाट पन्छिनु, पुरानै राजनीति ‘नयाँ राजनीति’ भनेर फेरि बेच्नु, अनि जसरी भए पनि आफ्ना नेतालाई जेलबाट जोगाउनु।

रवि लामिछाने — दुईवटा नागरिकता कार्ड बोकेको मान्छे — हालै जेन-जीको आन्दोलनकै कारण कानुनी प्रक्रियाबाट उम्किन सफल भए। अमेरिकाबाट त निकालिएका थिए ।तर अझै पनि पार्टीलाई ‘बोस’ जस्तै चलाइरहेका।

संसार कृत्रिम बुद्धिमत्ता, वातावरणीय संकट र अर्थतन्त्र जस्ता चुनौतीसँग जुधिरहेको बेला रास्वपा भने आफ्नो सारा ऊर्जा प्रचार, काण्ड र रबि दाइका अल्झिएका वित्तीय मामिलामै खर्चिरहेको छ। वाचा तोडिएको। इमानदारी ! हा… हा, वैकल्पिक!

नेपाल, स्वागत छ ‘नयाँ राजनीति’ मा ~ पुरानै चलाखी, बस अलिक चम्किलो प्याकेटमा। जेन-जीले यसलाई राम्ररी देख्छ। हामी माफ गर्दैनौँ। हामी बिर्सदैनौँ। हामी आउँदैछौँ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  १२ : २५ बजे

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको