पहिरोले कोदारी राजमार्गमा सधैँको सास्ती (तस्बिरहरू) « Khabarhub

पहिरोले कोदारी राजमार्गमा सधैँको सास्ती (तस्बिरहरू)


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चीनबीचको प्रमुख व्यापारिक मार्ग बाह्रबिसे तातोपानी सडक खण्डमा वर्षौं देखि स्थानीय र व्यापारीहरूले सास्ती भोग्दै आउनु परेको छ ।

देशकै प्रमुख व्यापारिक मार्गको रूप रहेको सो सडकको विभिन्न क्षेत्रमा पहिरो खस्दा लाखौं मालसामान सीमा क्षेत्रमा रोकिनु परेको छ ।

२०७२ सालको भूकम्प र कोरोना महामारी पछि बन्दको अवस्थामा रहेको सो नाका रसुवाको केरुङ नाका बाढीले क्षति पुर्‍याएसँगै पुन लयमा फर्किएको भए पनि कोदारी पहिरो, दाकलाङ लगायत विभिन्न क्षेत्रमा गएको पहिरोमा कारण निर्धक्क रुपमा यात्रा गर्न सकिने अवस्थामा भने छैन । 

प्रमुख व्यापारी मार्ग भए पनि नेपाल सरकारबाट आवश्यक बजेट विनियोजन नहुँदा हरेक वर्ष पहिरो झेल्नु परेको स्थानीयहरू बताउँछन् ।

भोटेकोशी गाउँपालिकामा २ नं। वडा चौकीडाँडाका स्थानीय कृष्ण बहादुर राईका अनुसार कोदारी पहिरोले हरेक वर्ष असार साउन महिना देखि दुःख दिने, हिउँदको समयमा पहिरो रोकथामका लागि स्थानीय सरकार, सङ्घ र प्रदेश सरकारले खासै ध्यान नदिएको कारण अहिले सुख भोग्नु परेको बताए ।

सो पहिरोले सडकमात्र नभएर ३‌ सय जति घरधुरी समेत जोखिम रहेको उनले जनाए । स्थानीयले हरेक पटक पहिरो रोकथाम र बाटो मर्मतका लागि माग राखे पनि कहीं कतैबाट सुनुवाइ नभएको राईले जानकारी दिए ।

स्थानीय अर्जुन धतानेका अनुसार कोदारी पहिरो २०३८ सालबाटै सुरु भएको पनि हाल सम्म प्रभावकारी रूपमा नियन्त्रणको काम नभएको बताए । 

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  १२ : ५१ बजे

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी 

बागलुङ– बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय