शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति « Khabarhub

शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– जेन-जी प्रदर्शनका क्रममा शुक्लाफाँटा नगरपालिकाले पनि आर्थिक क्षति बेहोर्नुपरेको छ । तोडफोड र आगजनीका कारण नगरपालिकासहित वडास्तरका कार्यालयमा रु तीन करोड २५ लाख एक हजार ५५ बराबरको क्षति पुगेको छ ।

नगरपालिकाको मुख्य प्रशासनिक भवन जोगाउन सफल भएको प्रवक्ता लालबहादुर ऐरले जानकारी दिए । नगरपालिकाको जिन्सी शाखाका प्रमुख कृष्ण कार्कीका अनुसार सबैभन्दा बढी क्षति वडा नं ८ मा देखिएको छ । जहाँ मात्रै रु ५५ लाख ९६ हजार ८७१ बराबरको सम्पत्ति, कागजपत्र, फर्निचर, कम्प्युटर, अभिलेखलगायत नष्ट भएको छ ।

 यसैगरी, वडा नं १ मा रु ४६ लाख ७४ हजार ९५९, वडा नं ७ मा रु ४५ लाख तीन हजार ७२, वडा नं ३ मा रु २५ लाख १० हजार ४९४ र वडा नं ५ मा रु २३ लाख १० हजार सात सय ७१ बराबरको क्षति भएको छ ।

अन्य वडामा पनि लाखौँको क्षति भएको छ । वडा नं ६ मा रु १८ लाख ८७ हजार ८१४, वडा नं १२ मा रु १५ लाख ५१ हजार ४९६, वडा नं २ मा रु १५ लाख ७३ हजार १४९, वडा नं ९ मा रु १५ लाख २२ हजार ५९१, वडा नं ४ मा रु १५ लाख १२ हजार ७८, वडा नं ११ मा रु १३ लाख ४३ हजार ५८९ र वडा नं १० मा रु सात लाख ४७ हजार ६८२ बराबरको क्षति पुगेको नगरपालिकाले संकलन गरेको क्षतिको विवरणमा उल्लेख गरिएको छ ।

कार्यालय भवन, फर्निचर, कम्प्युटर तथा अभिलेख तोडफोड र आगजनीबाट ध्वस्त भएपछि तत्काल वडाबाट सेवा प्रवाह पूर्णरूपमा अवरुद्ध भएको छ । हाल अस्थायी रूपमा मुख्य कार्यालयमार्फत वडास्तरका सेवा दिन सुरु गरिएको भए पनि स्रोत साधनको अभावले सेवाग्राहीलाई समयमा सेवा पुर्‍याउन कठिनाइ भइरहेको जनप्रतिनिधिहरूको भनाई रहेको छ ।

आन्दोलनका कारण कार्यालय मात्र नभई स्थानीयवासी पनि प्रत्यक्ष प्रभावित भएका छन् । पहिले वडास्तरमै सेवा पाउने नागरिक अब नगरपालिकाको मुख्य कार्यालय धाउन बाध्य छन् । नगरपालिकाले क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग बजेट व्यवस्थापन गरिदिनका लागि आग्रह गरेको छ ।

‘मुख्य कार्यालयमा अभिलेख जोगाउन सकिएको भए पनि वडास्तरमा ठूलो क्षति पुगेको छ’, शाखा प्रमुख कार्कीले भने, ‘जिल्लामै आन्दोलनका नाममा सबैभन्दा ठूलो क्षति यस नगरपालिकाले व्यहोरेको छ ।’

 शुक्लाफाँटा नगरपालिकाको प्रशासनिक संरचना र सेवाग्राहीको सुविधा पुनःस्थापित गर्न सरकारले चाँडै पहल गर्नुपर्ने स्थानीयवासीको माग गरेका छन् । 

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  १ : २४ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर