देउवा दम्पती डिस्चार्ज हुँदै, तत्काललाई ललितपुरमा बस्ने « Khabarhub

देउवा दम्पती डिस्चार्ज हुँदै, तत्काललाई ललितपुरमा बस्ने


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा देउवा बुधबार डिस्चार्ज भएर ललितपुर जाने भएका छन् ।

गत भदौ २४ गते जेन–जी आन्दोलनकारी नाममा उग्र समूहले बूढानीलकण्ठस्थित निवासमै कुटपिट र धारिलो हतियारले आक्रमण गर्दा दुवैजना घाइते भएका थिए ।

देउवा दम्पतीलाई भदौ २४ गते नेपाली सेनाले उद्धार गरेर सैनिक अस्पतालमा भर्ना गरेको थियो । जेन–जी प्रदर्शनकारीले देउवाको गर्धनमा धारिलो हतियारले प्रहार गर्दा १२ टाँका लगाउनुपरेको थियो ।

देउवाका स्वकीय सचिव भानु देउवाले दुवैजनाको स्वास्थ्यमा सुधार भएकाले उपचारमा संलग्न सैनिक अस्पतालका चिकित्सकको सल्लाहअनुसार डिस्चार्ज भएर ललितपुर लान लगिएको हो ।

जेन–जी आन्दोलनका क्रममा देउवा निवास बूढानीलकण्ठ जलाएर ध्वस्त बनाइएको छ । डिस्चार्जपछि देउवा दम्पतीले अब ललितपुरको सानेपा र जावलाखेलमध्ये एक ठाउँमा बस्ने भएका छन् ।

आरजुको माइती सानेपामा छ । जावलाखेलमा उनका भाइ भूषण राणाको निवास छ । ध्वस्त बनाइएको बूढानीलकण्ठको घर बनाउन लामो समय लाग्ने अवस्था छ।

त्यहीकारण देउवाले तत्काललाई ससुरालीको घरमा आश्रय लिन लागेका हुन् । उनीहरू सम्भवत: सानेपानजिकै झम्सिखेलमा बस्नेछन् ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  २ : ३० बजे

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।