राष्ट्रिय महिला आयोगकी कृष्णकुमारीले आफैंलाई तोकिन् कार्यवाहक अध्यक्ष « Khabarhub

राष्ट्रिय महिला आयोगकी कृष्णकुमारीले आफैंलाई तोकिन् कार्यवाहक अध्यक्ष


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले अध्यक्ष कमला पराजुलीको अनुपस्थितिको कारण देखाउदै आफूलाई कार्यवाहक अध्यक्ष तोकेकी छिन् । 

अध्यक्ष पराजुली असोज ५ गतेदेखि आयोगमा अनुपस्थित रहेकाले कारण देखाउदै खतिवडाले कार्यवाहकको जिम्मेवारी लिएकी हुन् । खतिवडाले बुधबार आफूलाई कार्यवाहक तोकेकी हुन् । पराजुली उपस्थित नहुँदासम्म आफू कार्यवाहकका रुपमा काम गर्ने खतिवडाको भनाइ छ ।

राष्ट्रिय महिला आयोग ऐन, २०७४ अनुसार अध्यक्ष अनुपस्थित भए वरिष्ठ सदस्यले कार्यवाहकको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ । 

उनले प्रेस विज्ञप्ति जारी गर्दै भनेकी छिन्, ‘राष्ट्रिय महिला आयोग ऐन, २०७४ को परिच्छेद ४ को दफा २० मा कुनै कारणवश अध्यक्षको पद रिक्त भएमा संविधानको धारा १०१ को उपधारा (६) बमोजिम आफ्नो पदको कार्य सम्पादन गर्न नपाउने भएमा, विदेश भ्रमणमा गएकोमा वा सात दिनभन्दा बढी समयसम्म बिदामा रहेकोमा आयोगमा आयोगको वरिष्ठतम सदस्य आयोगको कार्यवाहक अध्यक्ष भई काम गर्ने छ भनी लेखिएकोमा अध्यक्ष आयोगमा उपस्थित नहुँदा सम्मका लागि कार्यवाहक अध्यक्ष म सदस्य कृष्णकुमारी पौडेल खतिवडा नियम बमोजिम कार्यसम्पादन गर्ने जानकारी गराउँछु ।’

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  २ : ३१ बजे

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।