गुन्डूमा सुरू भयो खादा-मालाको ‘उत्सव’ « Khabarhub

गुन्डूमा सुरू भयो खादा-मालाको ‘उत्सव’


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ पुस्ताको भावनालाई बुझ्न नसक्दा केपी शर्मा ओली नेतृत्वको दुईतिहाइ नजिकको सरकार जेन-जीको दुई दिने आन्दोलनकै बलमा भदौ २४ गते ढल्यो ।

नेपाली कांग्रेसको समेत बलियो साथ पाएका ओलीले त्यति शक्तिशाली सरकारको प्रधानमन्त्री पदबाट अप्रत्यासित बहिर्गमन गर्नुपरेको तीन साता पनि भएको छैन ।

अर्कातिर भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा विभिन्न कारणले मारिएका ७४ जनाभन्दा धेरै युवाहरूको रगत ओभाइसकेको छैन ।

ती दुई दिनमा मारिएकामध्ये ८ जनाको त सनाखतसमेत हुन सकेको छैन। अर्थात्, कतिपयले गुमाएका आफन्तको किरिया सक्दैछन् भने कतिपय डीएनए रिपोर्ट कुरेर बसेका छन् ।

अस्पताल र घरमा रहेका घाइतेहरू कतिपयलाई उपचार खर्चदेखि दुई छाक खान पनि धौधौ परिरहेको छ । ज्यान गुमाएका जेन-जीका परिवारलाई सरकारले किरिया खर्च एक लाख दिने भने पनि अहिलेसम्म पाएका छैनन् । ज्यान गुमाएका प्रहरीदेखि जेन-जी यवाका परिवारले किरिया खर्चका लागि ऋणसमेत गर्नुपरेको छ ।

जेन-जी आन्दोलनको बलमा सत्ताच्यूत भएको अवस्थामा एमाले अध्यक्ष ओली १० दिन सैन्य ब्यारेकमा बसेर असोज २ गते गुन्डू ओर्लिए ।

जहाँ उनलाई घरको बन्दोबस्त गर्ने काम एमाले पोलिट्ब्युरो सदस्य महेश बस्नेतले मिलाए । अहिले उनै बस्नेत ठूलो संख्याका युवाहरू ओली वरिपरि जम्मा गरेर बसिरहेका छन् ।

गत शनिबारदेखि नै पार्टीका पदाधिकारी र जनसंगठनका नेताहरू भेटिरहेका ओली बुधबार भने फरक रुपमा देखिए ।

उनी बुधबार खादा र मालाले पुरिएको अवस्थामा देखिए । जेन-जी आन्दोलनको आक्रोशले बढारेर लुक्नुपर्ने अवस्थामा पुगेका उनलाई बुधबार गुन्डू पुगेका नेता-कार्यकर्ताले माला र खादाले छोपिदिए ।

एमाले नेता पासाङ शेर्पा र अन्य युवाहरूसहितले ओलीलाई खादैखादा लगाइदिए । तर उक्त खादा के का लागि ? ‘जेन-जी आन्दोलनमा बगेको रगत सुकिसकेको छैन । तर अध्यक्षलाई खादा र माला लगाइदिएको दृश्यले बिझायो’, एमालेका एक नेताले भने, ‘सत्ताबाट बाहिरिनुपरेको खुसीमा या केका लागि त्यो तामझाम ? देश शोकमा रहेका बेला उत्सव मनाएको शैलीमा गरिएका ती गतिविधि उचित होइनन् ।’

अहिले एमाले पोलिटब्युरो सदस्य बस्नेतले ओलीको साथमा धेरै युवा र समर्थक रहेको देखाउँदा गुन्डूमा लर्को लगाइरहेका छन् । अहिलेबाटै ‘केपी बा आईलभ यू’समेत सुनिन थालेको छ।

अहिले एमालेमा ओलीको पकड कायमै रहेको देखाउन लागिरहेका उनै बस्नेतले महिलाहरूलाई लक्षित गर्दै आपत्तिजनक अभिव्यक्ति दिइरहँदा एमाले भित्रबाटै विरोध भइरहेको छ।

एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनाले महिलालाई लक्षित गर्दै बोलिने कुरा, स्त्रीद्वेशी टिप्पणी र अश्लील कमेन्टहरू पार्टीकै जनवर्गीय संगठनका पदासिनहरूले बोलिरहेको भन्दै आपत्ति जनाएकी छन् ।

‘तपाईंका दिदी-बहिनी , छोरी वा आफन्तहरूलाई यस्ता कुरा कसैले नलेखोस् , लेखे भने कारबाही होस् । म पार्टी केन्द्रीय सदस्य कसैलाई गाडी किनीदिएर भएको होइन, अन्य पेसामा सफल भएपछी यसो पद – प्रतिष्टा चाहिएर यता आइपुगेको पनि होइन’, उनले भनेकी छन्, ‘मेरो कुरा मन पर्दैन, सभ्य र राजनीतिक भाषामै लेख्नुस्, त्यसको एक -एक जवाफ म दिने छु ।’

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ३ : ५३ बजे

कल सेन्टरमा मतदाता सोध्छन्- राष्ट्रिय परिचयपत्रबाट भोट हाल्न पाइन्छ ?

काठमाडौं- के तपाईंसँग मतदाता परिचयपत्र बनाउने, मतदान क्षेत्र परिवर्तन गर्ने,

एचपीभी खोप लगाउँदा प्रभावकारी

तनहुँ– तनहुँ जिल्लामा पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध एचपीभी खोप अभियानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

दाङ– घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई

पौवादुङमाका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरबाट ४७५ जनाले

२५ वर्षमा २६ लाख पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र

गण्डकी– पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५