दक्षिण सुडानमा स्वास्थ्य अभियान सुरु, लाखौँलाई लाभ हुने अपेक्षा « Khabarhub

दक्षिण सुडानमा स्वास्थ्य अभियान सुरु, लाखौँलाई लाभ हुने अपेक्षा


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण सुडान सरकारले विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्र बाल कोषको सहकार्यमा चार दिन लामो स्वास्थ्य अभियान सुरु गरेको छ । यस अभियानले करिब दुई करोड एक लाख बालबालिका र एक करोड बीस हजार वयस्कलाई पोलियो र स्किष्टोसोमियासिस भन्ने  रोगबाट जोगाउने लक्ष्य राखेको छ ।

स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूले देशका ४० जिल्लामा घरघर पुगेर पाँच वर्ष मुनिका बालबालिकालाई खोप दिनेछन् । यसैगरी, विद्यालय जाने उमेरका बालबालिका र जोखिममा रहेका समुदायलाई स्किष्टोसोमियासिस रोगको रोकथामका लागि प्राजिक्वान्टेल नामको औषधि वितरण गरिनेछ ।

स्वास्थ्य मन्त्री सराह क्लीटो रियलले भने, ‘हामी सबै अभिभावक र समुदायलाई आफ्ना बालबालिकालाई खोप लगाउन र अभियान सफल बनाउन पूर्णरूपमा सहभागी हुन आग्रह गर्छौं । यस अभियानले स्रोतको सदुपयोग गर्दै दुईवटा प्रमुख रोगलाई एकै पटक नियन्त्रण गर्ने अवसर प्रदान गरेको छ ।’

पोलियो भाइरसजन्य रोग हो जसले बालबालिकालाई पक्षाघात जस्ता गम्भीर समस्या निम्त्याउन सक्छ । दक्षिण सुडानका दुर्गम क्षेत्रहरूमा खोप लगाउन कठिनाइका कारण पोलियोका सङ्क्रमण बढिरहेका छन् । स्किष्टोसोमियासिस भने पानीबाट सर्ने परजीवीजन्य रोग हो, जसले शरीरमा संक्रमण गरी स्वास्थ्यमा गम्भीर असर पुर्‍याउँछ ।

स्वास्थ्य मन्त्रालयले यो अभियानले दुर्गम क्षेत्रहरूमा स्वास्थ्य सेवा पुर्याउन र समुदायमा रोगको चेतना फैलाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ । यसले लामो समयसम्म रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

दक्षिण सुडानमा स्वास्थ्य सेवा प्रणाली अझै कमजोर रहेको अवस्थामा यस किसिमका अभियानहरूले जनस्वास्थ्यमा ठूलो सुधार ल्याउन सक्छन् । दुई रोगलाई एकसाथ लक्षित गरी गरिएको यस अभियानले समय र स्रोत दुवैको सदुपयोग गरेको स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ४ : २६ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड