अर्थमन्त्री भन्छन्- नोटबन्दीबारे छलफल भएको छैन, तत्काल त्यस्तो हुँदैन « Khabarhub

अर्थमन्त्री भन्छन्- नोटबन्दीबारे छलफल भएको छैन, तत्काल त्यस्तो हुँदैन


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

विराटनगर- अर्थमन्त्री रामेश्वर खनालले ५ सय र १ हजार दरका नोटको नोटबन्दी गर्ने चर्चामा सत्यता नभएको बताएका छन्।

बुधबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने बिषयमा कुनै छलफल नै नभएको बताएका हुन् ।

भारत सरकारले लगाएको एकीकृत कर प्रणाली गुड्स एन्ड सर्भिस ट्याक्स (जीएसटी) का कारण नेपाली उद्योगलाई परेको प्रभाव बारे सोधिएको प्रश्नमा अर्थमन्त्री खनालले जीएसटीका कारण कुनै क्षति पुग्ने नदेखिएको बताए ।

क्षति पुग्ने अवस्था भए सुधार गरिने जानकारी उनले दिए । त्यस्तै उनले संविधान अनुसार बनेका प्रदेश संरचना खारेज नहुने स्पष्ट पारेका छन् ।

प्रदेश संरचना राजनैतिक विषय भएकाले यसबारे अहिले केही नसोचिएको जवाफ उनले दिएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ५ : ०२ बजे

आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश