विश्वप्रकाश शर्मा भन्छन्: जेनजीको भावनाअनुरुप पार्टी परिमार्जन हुनुपर्छ « Khabarhub

विश्वप्रकाश शर्मा भन्छन्: जेनजीको भावनाअनुरुप पार्टी परिमार्जन हुनुपर्छ


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी पुस्ताको भावनाअनुरुप राजनीतिक दलहरूले आफूलाई परिमार्जन गर्दै जनताका बीचमा जानुपर्ने धारणा राखेका छन् ।

गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेका जिल्लाका कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यालयको भवन अवलोकनपछि उनले सिंहदरबारसहित देशभरका सार्वजनिक सम्पत्ति तथा निजी घरमा भएको आगजनी र तोडफोड जेनजी प्रदर्शनको माग र भावना विपरीत रहेको दाबी गरे ।

कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलाले देशको वर्तमान परिस्थितिमा राजनीतिक दलहरूले आ–आफ्नो पार्टीभित्र एकता कायम गर्दै लोकतन्त्रवादी दलहरूले आपसी सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले जेनजीको प्रदर्शनमा घुसपैठ भएको बताउँदै जेनजीको माग विपरीत देशभरि भएका लुटपाट, हिंसा र आगजनीका घटनाका योजनाकार र संलग्न व्यक्ति समयक्रमसँगै खुल्दै जाने विश्वास व्यक्त गरे ।

नेकपा एमालेका प्रेम गिरी र पूर्वसांसद हरिचरण शिवाकोटीले दलहरूको भावी कार्यक्रमका बारेमा कांग्रेस नेताहरूसँग जिज्ञासा राखेका थिए । आगजनीबाट कांग्रेस जिल्ला पार्टी कार्यालयमा रु १० लाख बढीको क्षति पुगेको कार्यालयका सचिव जयकुमार दाहालले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ८ : ४४ बजे

अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार

सुदूरपश्चिम – कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसीको

स्पेस निडल नजिकको फुड फेस्टिभलमा गोलीकाण्ड : दुईको मृत्यु

एजेन्सी– अमेरिकाको सियाटलस्थित स्पेस निडल नजिक आयोजना गरिएको लोकप्रिय ‘बाइट

विश्वकप क्रिकेट लिग-२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज भइरहेको खेलमा

चीन जाने तयारीमा रवि, बालेनको भारत यात्रा अझै अनिश्चित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भदौको पहिलो साता