विश्वप्रकाश शर्मा भन्छन्: जेनजीको भावनाअनुरुप पार्टी परिमार्जन हुनुपर्छ « Khabarhub

विश्वप्रकाश शर्मा भन्छन्: जेनजीको भावनाअनुरुप पार्टी परिमार्जन हुनुपर्छ


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी पुस्ताको भावनाअनुरुप राजनीतिक दलहरूले आफूलाई परिमार्जन गर्दै जनताका बीचमा जानुपर्ने धारणा राखेका छन् ।

गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेका जिल्लाका कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यालयको भवन अवलोकनपछि उनले सिंहदरबारसहित देशभरका सार्वजनिक सम्पत्ति तथा निजी घरमा भएको आगजनी र तोडफोड जेनजी प्रदर्शनको माग र भावना विपरीत रहेको दाबी गरे ।

कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलाले देशको वर्तमान परिस्थितिमा राजनीतिक दलहरूले आ–आफ्नो पार्टीभित्र एकता कायम गर्दै लोकतन्त्रवादी दलहरूले आपसी सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले जेनजीको प्रदर्शनमा घुसपैठ भएको बताउँदै जेनजीको माग विपरीत देशभरि भएका लुटपाट, हिंसा र आगजनीका घटनाका योजनाकार र संलग्न व्यक्ति समयक्रमसँगै खुल्दै जाने विश्वास व्यक्त गरे ।

नेकपा एमालेका प्रेम गिरी र पूर्वसांसद हरिचरण शिवाकोटीले दलहरूको भावी कार्यक्रमका बारेमा कांग्रेस नेताहरूसँग जिज्ञासा राखेका थिए । आगजनीबाट कांग्रेस जिल्ला पार्टी कार्यालयमा रु १० लाख बढीको क्षति पुगेको कार्यालयका सचिव जयकुमार दाहालले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ८ : ४४ बजे

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो