सोलुखुम्बुमा जिप दुर्घटना, तीन जनाको मृत्यु « Khabarhub

सोलुखुम्बुमा जिप दुर्घटना, तीन जनाको मृत्यु


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। माप्य दुधकोशी गाउँपालिका-३ वाकुमा बिहीबार एक बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार जिप करिब पाँच सय मिटर तल खसेको थियो। घटनास्थलमै तीन जना महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

यद्यपि गाडीमा कति जना सवार थिए भन्ने विवरण खुलेको छैन। सवारी चालक बोल्न नसक्ने अवस्थामा फेला परेका कारण घाइतेको संख्या र यात्रुहरूको विवरण पहिचान हुन बाँकी छ।

मृतकहरूको पहिचान पनि खुल्न सकेको छैन। प्रहरीका अनुसार उक्त बोलेरो सोलुखुम्बुको महाकुलुङतर्फ जाँदै थियो। त्यसैले मृतक र घाइतेहरू पनि सो क्षेत्रकै हुने अनुमान गरिएको छ।

घाइतेहरूलाई उद्धार गरी सोताङ अस्पताल पठाइएको छ। घटनापछि वाकु प्रहरी टोलीले तत्काल उद्धार कार्य सुरु गरेको र सोताङबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरीका नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ७ : ३४ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी