सोलुखुम्बुमा जिप दुर्घटना, तीन जनाको मृत्यु « Khabarhub

सोलुखुम्बुमा जिप दुर्घटना, तीन जनाको मृत्यु


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। माप्य दुधकोशी गाउँपालिका-३ वाकुमा बिहीबार एक बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार जिप करिब पाँच सय मिटर तल खसेको थियो। घटनास्थलमै तीन जना महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

यद्यपि गाडीमा कति जना सवार थिए भन्ने विवरण खुलेको छैन। सवारी चालक बोल्न नसक्ने अवस्थामा फेला परेका कारण घाइतेको संख्या र यात्रुहरूको विवरण पहिचान हुन बाँकी छ।

मृतकहरूको पहिचान पनि खुल्न सकेको छैन। प्रहरीका अनुसार उक्त बोलेरो सोलुखुम्बुको महाकुलुङतर्फ जाँदै थियो। त्यसैले मृतक र घाइतेहरू पनि सो क्षेत्रकै हुने अनुमान गरिएको छ।

घाइतेहरूलाई उद्धार गरी सोताङ अस्पताल पठाइएको छ। घटनापछि वाकु प्रहरी टोलीले तत्काल उद्धार कार्य सुरु गरेको र सोताङबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरीका नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ७ : ३४ बजे

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल

दुईदिने बिदाले अस्पतालका सेवाग्राही मारमा; मन्त्रालय भन्छ- सेवा दिनुपर्छ, चिकित्सक भन्छन्- सकिँदैन

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्य र वैदेशिक मुद्रा

हाइटीमा भागदौड हुँदा ३० जनाको मृत्यु

पोर्ट ओ प्रिन्स- हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ

इरान-अमेरिका वार्ता निष्कर्षविहीन, लेबनानमा रोकिएन इजरायली बम आक्रमण, कयौँ घाइते

इस्लामावाद- पाकिस्तानमा इरान र अमेरिकाबीच शान्ति प्रयासका लागि भएको वार्ता