अस्ट्रेलियासँग भारतको लज्जास्पद हार : कोहली दुवै खेलमा फ्लप, गिल पनि कप्तानीमा असफल « Khabarhub

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार : कोहली दुवै खेलमा फ्लप, गिल पनि कप्तानीमा असफल


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- अस्ट्रेलिया भ्रमणमा पुगेको भारतीय टोलीले वान डे सिरिज गुमाइसकेको छ। तीन खेलको सिरिजका पहिलो दुई खेलमा अस्ट्रेलियाले एकतर्फी जित निकाल्यो।

दुवै खेलमा भारत ब्याटिङ, बलिङ र फिल्डिङ तीनै तर्फ कमजोर देखियो । भारतको खराब प्रदर्शनका पाँच प्रमुख कारण रहे।

१. दुवै खेलमा टस हार्नु

पर्थ र एडिलेड दुवै मैदानमा सुरुवातमा फिल्डिङ गर्ने टिमलाई फाइदा पुग्ने अवस्था थियो। तर भारतीय कप्तान शुभमन गिल दुवै टसमा हार्न पुगे। त्यसपछि भारतलाई दुवै खेलमा पहिला ब्याटिङ गर्नुपर्‍यो र पर्याप्त रन बनाउन सकेन।

पर्थमा पानीका कारण भारतीय पारी चारपटक रोकियो, जसले लय बिगार्‍यो। सुरुमा बल पनि निकै सिम र स्विङ भइरहेको थियो। एडिलेडमा पनि खेलअघि वर्षा भएकाले पिचमा चिस्यान थियो, जसको फाइदा अस्ट्रेलियन तीब्र बलरले उठाए।

२. शीर्ष ३ ब्याटरको कमजोर प्रदर्शन

वानडे क्रिकेटमा शीर्ष ३ ब्याट्सम्यानको योगदान निर्णायक हुन्छ। तीमध्ये एकले पनि शतक बनाए टिम ठूलो स्कोरतिर पुग्छ। तर भारतका शीर्ष ३ दुवै खेलमा असफल रहे।

कप्तान शुभमन गिलले पर्थमा १० र एडिलेडमा ९ रन मात्रै बनाए। विराट कोहली दुवैपटक शून्यमा आउट भए। रोहित शर्माले एडिलेडमा राम्रो खेले पनि पर्थमा फ्लप भए।

दुवै खेलमा यी तीन खेलाडीका जम्मा ६ इनिङमा एक मात्रै हाफ सेन्चुरी आयो। कुल मिलाएर तीनै जना मिलेर १०० रन मात्रै जोड्न सके।

३. कुलदीप बेन्चमा

भारतीय टोली व्यवस्थापनले ब्याटिङमा बढी ध्यान दियो, जसले बलिङ कमजोर बनायो। अस्ट्रेलियन पिचमा फिङ्गर स्पिनरभन्दा रिस्ट स्पिनर बढी प्रभावकारी हुन्छ।

तर कुलदीप यादवलाई दुवै खेलमा बेन्चमै राखियो। अक्षर पटेल र वासिंगटन सुन्दरले बलिङ गरे पनि ती प्रभावशाली साबित भएनन्।

४. गिलको प्रभावहीन कप्तानी

शुभमन गिल ब्याटिङमा मात्र होइन, कप्तानीमा पनि असरदार देखिएनन्। दुवै खेलमा भारतीय टिममा त्यो जोश र आत्मविश्वास देखिएन, जुन विराट कोहली वा रोहित शर्माको कप्तानीमा देखिन्थ्यो। गिलको फिल्ड सेटिङ र बलिङ परिवर्तन पनि खास काम लागेन।

५. तीव्र बलरको कमजोर प्रदर्शन

भारतका फास्ट बलरहरूले सहयोगी पिचमा पनि राम्रो प्रदर्शन गर्न सकेनन्। अर्शदीप सिंह र हर्षित राणाले मिलेर दुई खेलमा ५ विकेट मात्रै लिए।

मोहम्मद सिराजले दुवै खेलमा एकपटक पनि विकेट हात पार्न सकेनन्। उता, अस्ट्रेलियाका तीब्र बलरहरूले ११ विकेट लिए, जसले खेलको पासा नै पल्टाइदियो।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ११ : ३४ बजे

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु