बस चल्न थालेपछि जग्गादाता खुसी | Khabarhub Khabarhub

बस चल्न थालेपछि जग्गादाता खुसी


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गलकोट– लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन दिएको जग्गा २४ वर्षपछि सदुपयोग भएको छ ।

बागलुङ नगरपालिकालाई निःशुल्क प्रदान गरेको २४ वर्षमा आधुनिक बसपार्क नियमित सञ्चालनमा आएको छ । बसपार्क बनेको चार वर्षपछि उद्घाटन गरेको बसपार्क उद्घाटन यता समेत नियमित बस चल्न नसकेकामा नगरपालिकाले बसपार्क व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई प्रदान गरेपछि बस छुट्न थालेका छन् । 

बागलुङ–४ स्थित दाबगरामा पाँच वर्षअघि निर्माण सम्पन्न गरिएको बसपार्कबाट एक महिना यता लामो तथा छोटो दुरीका बस छुटाइएको छ । यसअघि सञ्चालनमा आएको चिप्लेटी बसपार्क बन्द गरेर नयाँ बसपार्क व्यवस्थापनका लागि २५ वर्षका लागि निजी क्षेत्रलाई जिम्मा दिएपछि बस चल्न थालेका हुन् । 

    बस चल्न थालेपछि जग्गादाता खुसी भएका छन् ।  नगरपालिकाले रु नौ करोड खर्चेर निर्माण गरेको बसपार्कलाई एक वर्षदेखि बसपार्क चलाउन थालिएको प्रयास सफल भएको नगप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । बसपार्क सञ्चालनका लागि पुरानो चिप्लेटी बसपार्कमा भएका सबै टिकट काउन्टर नयाँ बसपार्कमा सारिएको छ । 

नगरपालिकाले बसपार्क क्षेत्रमा सेवा शुल्क संकलन तथा व्यवस्थापनका निम्ती आरबि कन्स्ट्रक्सन पोखरासँग सम्झौता गरेपछि बसपार्क सञ्चालनमा ल्याउन थालिएको हो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वरीप्रसाद शर्मा र आरबि कन्ट्रक्सन पोखराका प्रतिनिधि केदारप्रसाद रिजालबीच बसपार्क व्यवस्थापनको जिम्माका लागि सम्झौता भएपछि बसपार्कबाट बस छुट्न थालेका हुन् । 

नगरपालिकाको आन्तरिक आय जम्मा गर्नका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ९ को दफा ६२ को उपदफा २ बमोजिम नगरपालिकाको बसपार्क व्यवस्थापन ऐन २०८१ र आर्थिक ऐन २०८२ मा व्यवस्था भए बमोजिम नगरपालिकाले तोकेको दरमा कर संकलन प्रयोजनार्थ उक्त कम्पनीलाई जिम्मेवारी प्रदान गरिएको थियो । 

बसपार्क सञ्चालन र व्यवस्थापन पाएको कन्स्ट्रक्सनले २५ वर्षमा कूल रु आठ करोड ५५ लाख ६१ हजार १७२ नगरपालिकालाई भुक्तानी गर्नेछ । त्यसको वार्षिक झण्डै रु १६ लाख २५ हजार नगरपालिकालाई कन्स्ट्रक्सनले भुक्तानी दिने छ । सम्झौता पत्रमा सवारीसाधन पार्किङकको दरसमेत नगरपालिकाले कायम गरेको छ । सोहीअनुसार कन्स्ट्रक्सनले उठाउने र नगरपालिकालाई भुक्तानी दिइने छ । 

कूल १७ रोपनी आठ आना क्षेत्रफलमा फैलिएको बसपार्क क्षेत्रमा सुविधा सम्पन्न भवन र २३ वटा सटर तथा तीन टिकट काउण्टर, पाँच शौचालय, इभी  चार्जर जडान गर्ने स्थानलगायत संरचना निर्माण भएका छन् । बसपार्कका सटरहरुको तीन हजार ५०० सयदेखि १० हजारसम्म मासिक भाडा कायम गरिएको छ । 

सवारीसाधनअन्तर्गत रात्रि बसको पार्किङ शुल्क रु २०० देखि मोटरसाइकलको रु १० सम्म पार्किङ शुल्क तोकिएको सम्झौता पत्रमा उल्लेख गरिएको छ । नगर विकास कोषको ऋणमा नगरपालिकाले रु नौ करोड खर्चेर आधुनिक बसपार्क निर्माण गरेको थियो । बसपार्क सञ्चालनसँगै नगरपालिकाको नाममा रहेको जग्गादाताको बाँकी जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

विसं २०५८ मा कूल ५९ रोपनी जग्गा स्थानीयले नगरपालिकालाई प्रदान गरेका थिए । त्यसमध्ये १७ रोपनी जग्गामा बसपार्क बनेको थियो  । अन्य जग्गा घडेरीका रुपमा जग्गा धनीलाई फिर्ता गर्नुपर्ने छ । 

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  १ : ०१ बजे

मेस्सीले गरे इन्टर मियामीसँग तीन वर्ष लामो नयाँ सम्झौता, बार्सिलोनामा फर्किने सम्भावना सकियो

मियामी- अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीसँग सन्

शंकर पोखरेलसँग फेसबुक जुहारीमा उत्रिए गृहमन्त्री अर्याल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र गृहमन्त्री ओमप्रकाश

गायिका नितु पौडेलको निधन

काठमाडौं- गायिका नितु पौडेलको निधन भएको छ । कीर्तिपुरस्थित बर्न

स्टुडियोमै जलेर गम्भीर घाइते गायिका नितुको निधन

काठमाडौं– शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको

सहिदको रगत नबिर्स भन्दै सडकमा जेन-जी (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि