स्टुडियोमै जलेर गम्भीर घाइते गायिका नितुको निधन « Khabarhub

स्टुडियोमै जलेर गम्भीर घाइते गायिका नितुको निधन


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको निधन भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार शुक्रबार बिहान कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

नितुले गत शनिबार दिउँसो साढे २ बजेतिर अनामनगरस्थित स्टुडियोमै आफैंले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन्। त्यसबेला पौडेलको ५५ प्रतिशत शरीर जलेको थियो ।

उनीनिकटहरूका अनुसार नितु र गायक बाबुल गिरी प्रेम सम्बन्धमा थिए । त्यही सम्बन्धमा खटपट आएपछि उनले आत्मदाह प्रयास गरेकी थिइन् ।

उक्त घटनापछि प्रहरीले बाबुल उपनामका धनबहादुर गिरीलाई नियन्त्रणमा लिएको थियो । उक्त घटनामा गिरी पनि घाइते भएका थिए। उनको हात र खुट्टा जलेको पाइएको थियो। 

नितुले आत्मदाहा प्रयास गरेको घटनाको अनुसन्धानका लागि स्टुडियो सञ्चालक गिरीलाई नियन्त्रणमा लिइएको थियो ।

प्रहरीले त्यसबेला जलेर घाइते नितुको परिवार, आफन्त र प्रत्यक्षदर्शीलाई पनि सोधपुछका लागि झिकाएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  १ : ३७ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत