स्टुडियोमै जलेर गम्भीर घाइते गायिका नितुको निधन | Khabarhub Khabarhub

स्टुडियोमै जलेर गम्भीर घाइते गायिका नितुको निधन


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको निधन भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार शुक्रबार बिहान कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

नितुले गत शनिबार दिउँसो साढे २ बजेतिर अनामनगरस्थित स्टुडियोमै आफैंले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन्। त्यसबेला पौडेलको ५५ प्रतिशत शरीर जलेको थियो ।

उनीनिकटहरूका अनुसार नितु र गायक बाबुल गिरी प्रेम सम्बन्धमा थिए । त्यही सम्बन्धमा खटपट आएपछि उनले आत्मदाह प्रयास गरेकी थिइन् ।

उक्त घटनापछि प्रहरीले बाबुल उपनामका धनबहादुर गिरीलाई नियन्त्रणमा लिएको थियो । उक्त घटनामा गिरी पनि घाइते भएका थिए। उनको हात र खुट्टा जलेको पाइएको थियो। 

नितुले आत्मदाहा प्रयास गरेको घटनाको अनुसन्धानका लागि स्टुडियो सञ्चालक गिरीलाई नियन्त्रणमा लिइएको थियो ।

प्रहरीले त्यसबेला जलेर घाइते नितुको परिवार, आफन्त र प्रत्यक्षदर्शीलाई पनि सोधपुछका लागि झिकाएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  १ : ३७ बजे

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका

छठमा धाप ड्यामको पानी बागमतीमा बगाइने

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने

रुकुम पश्चिम जिप दुर्घटना : ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए

काठमाडौँ- रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

सुदूरपश्चिम – आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री

आँबुखैरेनीका महिलाले बेचे रु सात लाखको सयपत्री

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले