माओवादीसँग एकताको विपक्षमा झलनाथ खनाल, भने- समाजवादी पार्टी पुनर्गठनमा दृढ छु « Khabarhub

माओवादीसँग एकताको विपक्षमा झलनाथ खनाल, भने- समाजवादी पार्टी पुनर्गठनमा दृढ छु


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल नेकपा माओवादी केन्द्रसँगको एकताको विपक्षमा उभिएका छन् ।

केही सञ्चारमाध्यममा खनाल पनि माओवादीसँग एकताका लागि तयार भएकर आएका समाचारको उनको सचिवालयले खण्डन गरेको छ।

खनालका प्रेस सहयोगी मिलन उपाध्यायले खनाल पनि माओवादीसँग मिल्न तयार भएको भनेर पछिल्लो पटक आएका समाचार गलत रहेको बताएका छन् ।

‘कमरेड झलनाथ खनालसँग अहिले मेरो कुरा भएको छ। अहिले पनि उहाँ एकीकृत समाजवादी पुनर्गठनकै पक्षमा हुनु हुन्छ’, उनले भने, ‘केही समयअघि उहाँले जारी गरेको वक्तव्यमै उहाँको अडान यथावत छ ।’

खनालले गत असोज २६ गते अध्यक्ष माधवकुमार नेपाललाई नेकपा माओवादी केन्द्रसँग एकीकरण तयारी तत्काल रोक्न आग्रह गरेका थिए ।

हाल श्रीमतीको उपचारका लागि भारतमा रहेका उनले त्यसबेला पार्टी एकीकरणको ‘मौसम’ नभएको बताएका थिए । उनले एमालेबाट भएको चार वर्षे विद्रोहको यात्राको गहिरो र आत्मालोचनात्मक समीक्षा गर्नुपर्नेमा पनि जोड दिएका थिए ।

भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पत्नी रविलक्ष्मी चित्रकारलाई स्याहारिरहेका खनालले आफ्नो भनाइ सार्वजनिक गर्दै माओवादीसँग नमिल्न नेतृत्वलाई चेतावनी दिएका थिए ।

अहिले पनि खनाल उक्त वक्तव्यमै यथावत रहेको उपाध्यायले बताएका छन् । ‘असोज २६ गते जारी गर्नुभएको आधिकारिक विज्ञप्ति नै उहाँको अटल र दृढ राजनीतिक धारणा हो’, उनले भने, ‘एकीकृत समाजवादी पार्टीलाई नै पुनर्गठन र सुदृढीकरण गरेर समाजवादको यात्रामा अगाडि बढाउनुपर्छ भन्ने विश्वासमा उहाँ अडिग रहनुभएको छ।’

उनले शुक्रबार आएका समाचारहरूप्रति आपत्ति जनाएका छन् । ‘दलगत स्वाभिमान, विचारको निरन्तरता र समाजवादी आन्दोलनको पुनर्जागरणप्रति उहाँ प्रतिबद्ध हुनु हुन्छ’, उनले भने, ‘कोही पनि विचलित नहुनु होला । कुनै भ्रमपूर्ण प्रचारको भ्रममा नपर्नुस् ।’

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ४ : ०१ बजे

महाधिवेशनमा गुट चलाएकी पूर्वराष्ट्रपति विद्या निर्वाचनमा मौन

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादवी भण्डारी चुनावको मुखमा

इटलीविरुद्ध नेपालले गुमायो तेस्रो विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गतको बिहीबारको खेलमा इटलीविरुद्ध नेपालले

नेपाल-इटालीको खेल : तीनकुनेमा कुमा सागरको सांगीतिक कार्यक्रम

काठमाडौं–  मुम्बइस्थित वाङ्खडे स्टेडियममा नेपालको खेल र इटालीको हुनु अगाडि

आगामी संसद्‌मा राप्रपालाई निर्णायक शक्तिका रूपमा स्थापित गर्नुपर्छ : अध्यक्ष लिङ्देन

झापा–  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख– यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर