निश्चल र दीपकराजको बचाउमा उत्रियो प्रतिष्ठान, चरित्र हत्या गरिएको जिकिर « Khabarhub

निश्चल र दीपकराजको बचाउमा उत्रियो प्रतिष्ठान, चरित्र हत्या गरिएको जिकिर


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले हालका दिनमा जेन–जी आन्दोलनमा सहभागी कलाकारहरूलाई लक्षित गरी भइरहेको चरित्र हत्या र अपराधीकरणको प्रयासको विरोध गरेको छ।

प्रतिष्ठानका अध्यक्ष केपी पाठकले शुक्रबार जारी गरेको विज्ञप्तिमा चलचित्र क्षेत्रका प्रतिष्ठित कलाकारमाथि सामाजिक सञ्जाल र राजनीतिक मञ्चहरूबाट नियोजित रूपमा गरिएका बदनाम अभियान र धम्कीपूर्ण टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘कलाकारहरूको सामाजिक आन्दोलनमा उपस्थिति इतिहासको निरन्तरता र लोकतान्त्रिक जिम्मेवारीको अभिव्यक्ति हो, कुनै अपराध होइन। उनीहरूलाई बदनाम गर्ने र अपराधी ठहर्याउने प्रयास लोकतान्त्रिक मूल्य र सांस्कृतिक स्वतन्त्रतामाथिको सिधा प्रहार हो।’

प्रतिष्ठानले छानबिन आयोग गठन भइसकेको अवस्थामा कलाकारहरूलाई दोषी ठहर्याउने प्रयास कानुनी प्रक्रियाको अपमान भएको उल्लेख गरेको छ। जेन-जी आन्दोलनका क्रममा निश्चल बस्नेत र दीपकराज गिरीसहितले सरकारी संरचना जलिरहँदा प्रत्यक्ष भूमिका खेलेको र भिडलाई उकासेको आरोप लागिरहेको छ ।

‘न्यायिक निष्कर्ष आउनुअघि नै कुनै व्यक्तिलाई अपराधी ठहर्‍याउनु लोकतान्त्रिक न्यायसंस्कारको गम्भीर उल्लङ्घन हो,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिष्ठानले साइबर कानुनको प्रभावकारी कार्यान्वयन गरी सामाजिक सञ्जालमा भइरहेका दुष्प्रचार रोक्न सम्बन्धित निकायहरूलाई हस्तक्षेपकारी भूमिका खेल्न आग्रह गरेको छ।

यसका साथै, कलाकारहरूलाई अनावश्यक रूपमा पीडा दिन र सामाजिक सरोकारका विषयमा बोल्नबाट रोक्ने कुनै पनि प्रयास तुरुन्त बन्द गर्न चेतावनी दिएको छ।

‘सामाजिक सरोकारका विषयमा बोल्नु अपराध होइन, यो सचेत नागरिकताको दायित्व हो। कलाकारहरू राष्ट्रको संवेदना र सामूहिक स्वर हुन्। उनीहरूका आवाजलाई कुनै पनि बहानामा बन्द गराउने अभ्यास स्वीकार्य हुँदैन’, अगाडि भनिएको छ ।

प्रतिष्ठानले आफू अनुकूल बोल्नेहरू मात्र ‘सही’ र प्रतिकूल विचार राख्नेहरू ‘गलत’ ठहर्‍याउने प्रवृत्तिको निन्दा गर्दै, कानुनी उपचार र पेशागत एकताका लागि सम्पूर्ण चलचित्र क्षेत्रका संघ–संस्थालाई ऐक्यबद्ध हुन आह्वान गरेको छ।

‘राज्य कानुनी मूल्यहरूप्रति निष्ठावान रह्यो भने कला र अभिव्यक्ति स्वतन्त्रताको गला पटक–पटक निमोठिने छैन। लोकतन्त्र अझ बलियो र समुन्नत बन्दै जानेछ’, उनले भनेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ४ : ०९ बजे

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं – ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ २७ गते मंगलबार फागुन

आज २०८२ साल माघ २७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २७ गते मंगलबार फागुन