तिहारमा पनि वार्षिक परीक्षा सञ्चालन « Khabarhub

तिहारमा पनि वार्षिक परीक्षा सञ्चालन


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार (सुर्खेत)- मुलुकभरि तिहारको रौनकसँगै भाइटीका मनाइरहेका बेला उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाभित्रका विद्यालयमा परीक्षा सञ्चालन भएको छ ।

चिसोका कारण विद्यालय बन्द गर्नुपर्ने भएकाले कात्तिक १५ सम्ममा सबै परीक्षा सम्पन्न गरी बिदा दिने गरिएकाले तिहारमा पनि वार्षिक परीक्षा सञ्चालन गरिएको शे–फोक्सुण्डो गाउँपालिकाका शिक्षा समितिका संयोजक पेमा वाङछेन गुरुङले जानकारी दिए ।

उनका अनुसार पालिकाभित्रका सबै विद्यालयले कात्तिकको पहिलो हप्तादेखि परीक्षा सञ्चालन गरेर १५ गतेसम्ममा पूरा गर्न दिइएको निर्देशनअनुसार परीक्षा भएको हो । कात्तिकदेखि चिसो बढ्ने र हिमपात हुने भएकाले १५ गतेभित्र परीक्षा सकाएर विद्यालय बन्द गरिन्छ ।

सोही कारणले चाडपर्वमा पनि परीक्षा गराएको शे–फोक्सुण्डो–७ स्थित टसी सम्भो आधारभूत विद्यालयका शिक्षक नवीन शाहीले बताए । उनले भने, “यसपटक हामीले पर्व विद्यार्थीसँग मनाएका छौँ । शे–फोक्सुण्डो गाउँपालिकाभित्रका सबै विद्यालयका शिक्षकले पालिकाको निर्देशनअनुसार काम गनुभएको छ ।”

शिक्षा समितिका संयोजक गुरुङका अनुसार यहाँ माध्यमिक विद्यालय एक, आधारभूत नौ र तीन बालविकास कक्षा (इसिडी) सञ्चालनमा छन् । सबै विद्यालयमा वार्षिक परीक्षा एकैसाथ सञ्चालन भइरहेको जनाउँदै उहाँले डोल्पामा दुईवटा शैक्षिकसत्र सुरु हुने बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ६ : ०४ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा