गौरीघाट–गुह्येश्वरी वाग्मती किनारमा छठघाट निर्माण सुरु « Khabarhub

गौरीघाट–गुह्येश्वरी वाग्मती किनारमा छठघाट निर्माण सुरु


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पशुपति क्षेत्रस्थित गौरीघाटबाट गुह्येश्वरीसम्मको वाग्मती किनारमा छठ पर्वको तयारी सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वका लागि यस क्षेत्रमा छठीघाट निर्माण सुरु गरिएको हो ।

गुह्येश्वरी छठ समितिले यस क्षेत्रमा करिब २०० वटा घाट निर्माण गर्न लागेको छ । बाँस ल्याएर छठघाट निर्माणका लागि काम धमाधम भइरहेको छ । समितिले यस क्षेत्रको नदीलाई सफा बनाउन थालेको छ ।

यस वर्ष कात्तिक १० गते सोमबार छठ पर्वको मुख्य दिन हो । त्यस दिन अस्ताउँदो सूर्यलाई पूजा अराधनासहित अघ्र्यदान गरिन्छ । कात्तिक ११ गते मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ अन्त्य हुन्छ । गुह्येश्वरी मन्दिर अघिको बाग्मतीबाट गौरीघाटसम्मको नदी किनारमा सिँगारेर छठ घाट बनाइँदै छ ।

छठपर्वमा उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन नदी किनारमा बस्छन् । रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइने समिति सदस्य चन्द्रकान्त यादवले बताए ।

सोमबार बिहान स्नान गरी चोखोनितो गरेर बस्ने वर्तालुले मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ६ : २२ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष