नेपाल र इरान भारतीय मैदानमा भिड्दै, ५ महिनापछि फर्किइन् अञ्जिला « Khabarhub

नेपाल र इरान भारतीय मैदानमा भिड्दै, ५ महिनापछि फर्किइन् अञ्जिला


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाली महिला टोलीले बलियो टोली इरानसँग खेलिरहेको छ । यी दुई टोलीको खेल अहिले नेपाली समयअनुसार सवा ६ बजदेखि सुरू भएको छ ।

यी दुई टोलीबीचको खेल भारतको शिलोङको जवाहरलाल नेहरू स्टेडियमस्थित पोलो ग्राउन्डमा भइरहेको छ । यो प्रतियोगिताको पहिलो खेलमा इरानले भारतलाई २-० ले पराजित गरिसकेको छ।

नेपालले सात वर्षपछि इरानसँग प्रतिस्पर्धा गर्दैछ । भारतीय मैदानमै भएको हिरो गोल्ड कपमा नेपालले इरानलाई त्यसबेला ३-० ले पराजित गरेको थियो ।

इरानलाई हराउने टोलीको कप्तान रेनुका नगरकोटे थिइन् । त्यसबेला टिममा सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेत पनि थिए । नेपालले इरानलाई हराउँदा साम्बाले २ र अनिताले एक गोल हानेकी थिइन् ।

यो खेलमा करिब ५ महिनापछि गोल रक्षक अञ्जिला तुम्बाप्पो सुब्बा पोस्ट सम्हाल्न फर्किएकी छन् । उनलाई मुख्य प्रशिक्षक नवीन न्यौपानेले टीममा बोलाएका हुन् ।

अञ्जिलाले यसअघि गत जुनमा थाइल्यान्डविरुद्ध खेलेकी थिइन्। त्यस खेलमा नेपाल पराजित भएको थियो ।

यो प्रतियोगितामा नेपालले अब दोस्रो खेल मंगलबार भारतसँग खेल्ने तालिका छ। यस प्रतियोगितापछि नेपालले कात्तिक १३ गते भारतसँग मैत्रीपूर्ण खेल खेल्ने छ।

क्लबको जिम्मेवारीका कारण कप्तान साम्बा र प्रीति राईले भने त्यो खेल गुमाउने बताइएको छ। साम्बा न्युजिल्याण्ड र प्रीति जोर्डन क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका छन्।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ६ : ३७ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

देउखुरी– यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ

कांग्रेसमा अब कुनै गुट छैन : प्रदेश सभापति शर्मा

लेखनाथ– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा

पाकिस्तानमा सुरक्षाकर्मी र बलुच चरमपन्थीबीच भीषण संघर्ष, आक्रमणकारीसहित कम्तीमा १२० जना मारिए

इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तमा शनिबार भएका आत्मघाती आक्रमण र गोलीकाण्डमा

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३