नेपाल र इरान भारतीय मैदानमा भिड्दै, ५ महिनापछि फर्किइन् अञ्जिला « Khabarhub

नेपाल र इरान भारतीय मैदानमा भिड्दै, ५ महिनापछि फर्किइन् अञ्जिला


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाली महिला टोलीले बलियो टोली इरानसँग खेलिरहेको छ । यी दुई टोलीको खेल अहिले नेपाली समयअनुसार सवा ६ बजदेखि सुरू भएको छ ।

यी दुई टोलीबीचको खेल भारतको शिलोङको जवाहरलाल नेहरू स्टेडियमस्थित पोलो ग्राउन्डमा भइरहेको छ । यो प्रतियोगिताको पहिलो खेलमा इरानले भारतलाई २-० ले पराजित गरिसकेको छ।

नेपालले सात वर्षपछि इरानसँग प्रतिस्पर्धा गर्दैछ । भारतीय मैदानमै भएको हिरो गोल्ड कपमा नेपालले इरानलाई त्यसबेला ३-० ले पराजित गरेको थियो ।

इरानलाई हराउने टोलीको कप्तान रेनुका नगरकोटे थिइन् । त्यसबेला टिममा सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेत पनि थिए । नेपालले इरानलाई हराउँदा साम्बाले २ र अनिताले एक गोल हानेकी थिइन् ।

यो खेलमा करिब ५ महिनापछि गोल रक्षक अञ्जिला तुम्बाप्पो सुब्बा पोस्ट सम्हाल्न फर्किएकी छन् । उनलाई मुख्य प्रशिक्षक नवीन न्यौपानेले टीममा बोलाएका हुन् ।

अञ्जिलाले यसअघि गत जुनमा थाइल्यान्डविरुद्ध खेलेकी थिइन्। त्यस खेलमा नेपाल पराजित भएको थियो ।

यो प्रतियोगितामा नेपालले अब दोस्रो खेल मंगलबार भारतसँग खेल्ने तालिका छ। यस प्रतियोगितापछि नेपालले कात्तिक १३ गते भारतसँग मैत्रीपूर्ण खेल खेल्ने छ।

क्लबको जिम्मेवारीका कारण कप्तान साम्बा र प्रीति राईले भने त्यो खेल गुमाउने बताइएको छ। साम्बा न्युजिल्याण्ड र प्रीति जोर्डन क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका छन्।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ६ : ३७ बजे

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न

मापदण्डविपरीत चिल्लो पदार्थ पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बिक्रीमा रोक 

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना

प्रधानमन्त्रीले प्रशंसा गर्दै भनिन् : चुनाव सफल बनाइदिनु भयो, प्रचण्डको जवाफ : निर्वाचन नहुँदा मुलुक दुर्घटनामा जान्थ्यो

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

कफीको सुगन्धमा बुनिएका युवाका सपना

धादिङ– चितवनका प्रविन प्रजाको हातमा अहिले कफीको कप मात्र छैन,