रुकुम पश्‍चिममा जीप दुर्घटना, कम्तीमा ८ यात्रुको ज्यान गयो « Khabarhub

रुकुम पश्‍चिममा जीप दुर्घटना, कम्तीमा ८ यात्रुको ज्यान गयो


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

रुकुम : रुकुम पश्चिममा शुक्रबार एउटा जीप दुर्घटना हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ। रा १ ज ४२२ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।

जिल्लाको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमा झारमारेमा बोलेरो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो। यो दुर्घटनामा अरू ५ जना यात्रु घाइते भएका छन्।

अहिले दुर्घटनास्थलमा उद्धार जारी रहेको छ । यो जीप सदरमुकाम खलङ्गाबाट स्यालाखदीतर्फ गइरहेको बेला दुर्घटनामा परेको हो ।

दुर्घटनामा जीप चालक टोपजङ बुढा गम्भीर घाइते भएका छन्। यो जीपमा सिट क्षमताभन्दा बढी यात्रु राखिएको खुलेको छ।

दुर्घटनापछि उद्धार जारी रहेकाले विस्तृत विवरण आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालयबाट पनि टोली घटनास्थलतर्फ गइसकेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ७ : २७ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२