विप्लव भन्छन् : कम्युनिस्टबीचको एकता सकारात्मक, माओवादी केन्द्रसँग कुरा हुँदैछ « Khabarhub

विप्लव भन्छन् : कम्युनिस्टबीचको एकता सकारात्मक, माओवादी केन्द्रसँग कुरा हुँदैछ


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अहिले कम्युनिष्टहरूबीचको एकताको आवश्यकता झनै बढेको उल्लेख गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच एकता प्रक्रिया थालिएपछि विप्लवको आफ्नो धारणा आएको हो ।

त्यसबारे विप्लवले पाँच बुँदे धारणा राखेका छन् । जसमा उनले दुई दलबीच हुन लागेको एकतालाई सकारात्मक रुपमा लिएको भनेका छन् ।

उनले भनेका छन्, ‘यदि कुनै पार्टीहरूबीच एकता हुन्छ भने सकारात्मक रूपले लिनुपर्छ ।’

तर, कम्तीमा कम्युनिस्टहरूबीच विगतमा जस्तो शत्रुतापूर्ण सोच नबनाई प्रधान अन्तरविरोध हल गर्न, देशमा नेपाली विशेषताको समाजवाद (अग्राधिकार सहितको संघीयता) स्थापना गर्न सयुक्त मोर्चा र सहकार्य को नीतिमा काम गर्नुपर्नै उनले सुझाएका छन् ।

पाँच बुँदे धारणा

१. कम्युनिस्टहरूबीचको एकताको आवश्यकता झनै बढेको छ ।

२. एकता संठनलाई एक बनाउनेसँग मात्र सम्बन्धित छैन, यसका विचार,सिद्धान्त,लक्ष्य,आर्थिक दृष्टिकोण,जीवन व्यवहार, संस्कृति सहितको एकरूप बुझाइसँग सम्बन्धित छ। यी बिषयमा नेतृत्व तहमा पहिलेदेखि गम्भीर छलफल चलेका छन् तर टुंगो लागिसकेको छैन ।

३. यदि कुनै पार्टीहरूबीच एकता हुन्छ भने सकारात्मक रूपले लिनुपर्छ ।

४. कम्तिमा कम्युनिस्टहरू बीच विगतमा जस्तो शत्रुतापूर्ण सोच नबनाई प्रधान अन्तरविरोध हल गर्न, देशमा नेपाली विशेषताको समाजवाद (अग्राधिकार सहितको संघीयता) स्थापना गर्न सयुक्त मोर्चा र सहकार्य को नीतिमा काम गर्नुपर्छ ।

५. देशको स्वाधीनता गम्भीर संकटमा परेको स्थितिमा सबै देशभक्त, समाजवादी, कम्युनिस्ट शक्तिहरूबीच मोर्चा निर्माणमा अग्रसर हुनु पर्दछ ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ८ : ०२ बजे

दक्षिण कोरिया : पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाका पूर्वगृहमन्त्री ली साङ–मिनलाई सन् २०२४ मा तत्कालीन

राष्ट्र संकटमा कम्युनिष्टहरूबीच सहकार्य हुँदै आएको छ : प्रचण्ड

गलकोट– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न

याङ्गोद्वारा ड्राइभरलाई पुरस्कारसहित सम्मान

काठमाडौं– याङ्गो राइड नेपाल मासिक ड्राइभर सम्मान कार्यक्रम आयोजना गर्दै पछिल्ला

देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

सोलुखुम्बु– प्रधानमन्त्री सुशीला कार्कीले  हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन

सिन्धुलीमा आशिष गजुरेलले रास्वपाबाट टिकट लिनुअघि हरिबोलसँग गरेका थिए सल्लाह

काठमाडौं– सिन्धुली-२ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को टिकट वितरणको