त्रिदेशीय मैत्रीपूर्ण फुटबल : इरानसँग नेपाल ३–० ले पराजित « Khabarhub

त्रिदेशीय मैत्रीपूर्ण फुटबल : इरानसँग नेपाल ३–० ले पराजित


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाली महिला टोली इरानसँग पराजित भएको छ । शुक्रबार साँझ भारत शिलोङस्थीत जवाहरलाल नेहरू स्टेडियममा सम्पन्न खेलमा नेपाल इरानसँग ३–० ले पराजित भएको हो ।

इरानविरुद्ध नेपाली टोलीले केही राम्रा अवसरहरु सिर्जना गरेपनि गोल भने गर्न सकेन । यो प्रतियोगिताको पहिलो खेलमा इरानले भारतलाई २–० ले पराजित गरिसकेको छ।

नेपालले सात वर्षपछि इरानसँग प्रतिस्पर्धा गर्न मैदान उत्रिएको थियो ।यो खेलमा करिब ५ महिनापछि गोल रक्षक अञ्जिला तुम्बाप्पो सुब्बा पोस्ट सम्हाल्न फर्किएकी थिइन् । अञ्जिलाले यसअघि गत जुनमा थाइल्यान्डविरुद्ध खेलेकी थिइन्। त्यस खेलमा नेपाल पराजित भएको थियो ।

यो प्रतियोगितामा नेपालले अब दोस्रो खेल मंगलबार भारतसँग खेल्ने तालिका छ। यस प्रतियोगितापछि नेपालले कात्तिक १३ गते भारतसँग मैत्रीपूर्ण खेल खेल्ने छ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ८ : १० बजे

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान