१० लाख मूल्य बढीका सामान बरामद « Khabarhub

१० लाख मूल्य बढीका सामान बरामद


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको टोलीले साढे १० लाख मूल्य बराबरको भन्सार छली गरिएका सामान बरामद गरेको छ।

गत बुधबार र बिहीबार जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अन्दाजी रु. १० लाख ५७ हजार ५०० बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएका सामान शुक्रबार भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाइन कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

प्रहरीले नियन्त्रणमा लिएका सामानमा कोइलर र ब्रोइलर कुखुरा, फूल, भैँसी, पाडी, सामान ल्याउन प्रयोग गरिएका मोटरसाइकल र पिकअप गाडी रहेका छन्।

प्रहरीले भन्सार छलेर सामान ल्याएको आरोपितलाई पनि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ओमसतिया गाउँपालिका–४ वसन्तपुरका ३२ वर्षीय सराफत अलि, भारतको उत्तर प्रदेश जिल्ला महाराजगञ्ज थाना नौतनवा बस्ने ३१ वर्षीय शिवकुमार कोइरी, सोही स्थान बस्ने ४० वर्षीय बब्लु कुशवार र मर्चवारी गाउँपालिका-३ रायपुरका अन्दाजी २८ वर्षीय जगदेव भुज रहेका छन्।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ९ : ०३ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा