१० लाख मूल्य बढीका सामान बरामद « Khabarhub

१० लाख मूल्य बढीका सामान बरामद


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको टोलीले साढे १० लाख मूल्य बराबरको भन्सार छली गरिएका सामान बरामद गरेको छ।

गत बुधबार र बिहीबार जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अन्दाजी रु. १० लाख ५७ हजार ५०० बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएका सामान शुक्रबार भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाइन कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

प्रहरीले नियन्त्रणमा लिएका सामानमा कोइलर र ब्रोइलर कुखुरा, फूल, भैँसी, पाडी, सामान ल्याउन प्रयोग गरिएका मोटरसाइकल र पिकअप गाडी रहेका छन्।

प्रहरीले भन्सार छलेर सामान ल्याएको आरोपितलाई पनि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ओमसतिया गाउँपालिका–४ वसन्तपुरका ३२ वर्षीय सराफत अलि, भारतको उत्तर प्रदेश जिल्ला महाराजगञ्ज थाना नौतनवा बस्ने ३१ वर्षीय शिवकुमार कोइरी, सोही स्थान बस्ने ४० वर्षीय बब्लु कुशवार र मर्चवारी गाउँपालिका-३ रायपुरका अन्दाजी २८ वर्षीय जगदेव भुज रहेका छन्।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ९ : ०३ बजे

रेकर्ड यात्रा सकेर घर फर्किए आर्टेमिस टोली

ह्युस्टन– मानव अन्तरिक्ष अन्वेषणको नयाँ अध्याय खोल्दै चन्द्रमाको परिक्रमा गरेर

युट्युबर पोख्रेल पक्राउमा जेन-जी मुभमेन्टको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं– युट्युबर रोशन पोख्रेल पक्राउको विषयलाई लिएर जेन-जी मुभमेन्ट नेपालले

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा