खर्च कटौतीका लागि मन्त्रालयको संख्या घटाउँदैछौँ: मुख्यमन्त्री बानियाँ « Khabarhub

खर्च कटौतीका लागि मन्त्रालयको संख्या घटाउँदैछौँ: मुख्यमन्त्री बानियाँ


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खर्च कटौतीका लागि मन्त्रालयको संख्या घटाउने प्रक्रिया सुरु गरिसकेको बताएका छन्।

प्रतिपक्षी दलले उठाएका विषयलाई सुझावका रुपमा ग्रहण गर्दै खर्च कटौती र सुशासनलाई प्राथमिकतामा राखिएको बताएका हुन्।

बागमती सरकारमा नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षी दलले मन्त्रालयको संख्या कटौती गरी खर्च कटौती गर्न दबाब दिइरहेका बेला बानियाँको यस्तो भनाइ आएको हो।

‘प्रतिपक्षले उठाएका विषयलाई हामीले पूर्वाग्रही नजरले हेरेका छैनौँ। प्रतिपक्षी दलहरूले दिएको सुझावलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ। खर्च कटौती र सुशासन हाम्रो पनि प्रमुख प्राथमिकता हो। हामीले सोही अनुसार सरकार चलाइरहेका छौँ,’ उनले भने, ‘मन्त्रालयको सङ्ख्या घटाउने विषयमा ठोस निर्णयमा पुग्नका लागि हामीले प्रक्रिया सुरु गरिसकेका छौँ।’

सरकार गठनको १०० दिन पूरा हुँदैगर्दा खर्च कटौतीको लागि आफू दृढ भएर लागेको बानियाँको भनाइ छ।

‘सत्तारुढ दलबीचको छलफलमा पनि यी कुरा आएका छन्। हामी मन्त्रालय र संरचनाको विषयमा दलहरूसँग छलफल गरेर एउटा साझा धारणा निर्माण गर्ने क्रममा छौँ,’ उनले भने, ‘त्यसैले, यो विषय केवल चर्चाका लागि होइन, हामी यसलाई निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध छौँ।’

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ९ : २३ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा