एकीकृत समाजवादी र माओवादीबीच एकता टुङ्गिएको छैन : दामोदर अर्याल « Khabarhub

एकीकृत समाजवादी र माओवादीबीच एकता टुङ्गिएको छैन : दामोदर अर्याल


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य तथा केन्द्रीय प्रचार विभागका उप–प्रमुख दामोदर अर्यालले नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच एकता टुङ्गिएको भनी आएका समाचारहरू असत्य रहेको स्पष्ट गरेका छन्।

शुक्रबार अर्यालले बिभिन्न सञ्चार माध्यमहरूले प्रसारण गरेका दुई पार्टीबीच एकता टुङ्गियो भन्ने समाचारहरू वास्तविकतामा आधारित नरहेको बताए। पार्टीले हालसम्म कुनै पनि दलसँग एकता गर्ने आधार निर्माण नगरेको उनले बताए । यस्तो निर्णय केन्द्रीय समितिबाट मात्र हुनसक्ने उनले जानकारी दिए।

‘हामीले अहिले विभिन्न पार्टीसँग एकताको विषयमा छलफल गर्ने आधार नै निर्माण गरिसकेका छैनौं,’ अर्यालले भने, ‘त्यस्तो आधार केन्द्रीय कमिटीले मात्र निर्माण गर्न सक्छ।’

उनले सबै वामपन्थी शक्तिहरूको एउटै केन्द्र बनाउने लक्ष्यमा पार्टी प्रतिबद्ध रहेको बताए। ‘एउटा वा दुईटा पार्टीसँग मात्र हुने एकताले बृहत् वाम एकतामा अवरोध पुर्‍याउन सक्छ भन्ने तथ्यमा हामी सचेत छौं,’ उनले भनेका छन्

अर्यालले आगामी एकता नेताहरूको वा पार्टीहरूको होइन, विचार र आन्दोलनको एकता हुने बताउँदै त्यसमा जेनजीआन्दोलनको भावना पनि समाहित हुने जनाएका छन्।

उनका अनुसार यस विषयमा चाँडै बस्ने केन्द्रीय कमिटीको बैठकमा विस्तृत छलफल हुनेछ। अन्त्यमा अर्यालले एकता टुङ्गियो भन्ने खालका मिडिया ट्रायल नगर्न सञ्चार माध्यमहरूलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ९ : २४ बजे

रेकर्ड यात्रा सकेर घर फर्किए आर्टेमिस टोली

ह्युस्टन– मानव अन्तरिक्ष अन्वेषणको नयाँ अध्याय खोल्दै चन्द्रमाको परिक्रमा गरेर

युट्युबर पोख्रेल पक्राउमा जेन-जी मुभमेन्टको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं– युट्युबर रोशन पोख्रेल पक्राउको विषयलाई लिएर जेन-जी मुभमेन्ट नेपालले

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा