पायक पर्ने स्थानमै आँखाजाँच शिविर आयोजना भएपछि… « Khabarhub

पायक पर्ने स्थानमै आँखाजाँच शिविर आयोजना भएपछि…


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरीकी ५३ वर्षीया रस्मिता दाहालले यसअघि आँखा जाँच गरेकी थिइनन् । तर, अहिले गाउँमै शिविर आएपछि जाँच गर्दा दाँया आँखामा मासु पलाएको रहेछ ।

स्वास्थ्यकर्मीले उनलाई तत्काल शल्यक्रिया गर्ने सुझाव दिए । ‘पहिले कहिल्यै जाँच गरेकी थिइन’, उनले भनिन्, ‘अहिले जाँच गर्दा आँखामा मासु पलाएको रहेछ, शल्यक्रिया गर्ने भन्नुभएको छ ।’

त्यस्तै तुलसीपुर १२ कै ८२ वर्षीय चेतनाथ पोख्रेलको पनि आँखा परीक्षण गर्दा मोतिविन्दु देखियो । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित राप्ती आँखा अस्पतालले एनएबिपी नर्वेको आर्थिक एवं प्राविधिक सहयोग आयोजित निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको थियो ।

तुलसीपुर उपमहानगरपालिका–१२ द्वारा संयोजित सो निःशुल्क आँखा जाँच कार्यक्रम ८२ वर्षीय पोख्रेलले पनि आँखा परीक्षण गराएका थिए । आँखा जाँच गरेपछि उनले अब प्रत्येक ६÷६ महिनामा आँखा अस्पताल गएर जाँच गराउने स्वास्थ्यकर्मीले सुझाव दिएको बताए । ‘पहिले पनि आँखामा औषधि त हाल्थेँ, आँखा चिलाउथ्यो, आँशु आउथ्यो’, उनले भने, ‘तर, अहिले मोतिविन्दु नै भइसकेछ ।’

आइतबार तुलसीपुर १२ हरिपौरीस्थित वडा कार्यालयमा भएको शिविरमा उनीहरु जस्तै २४७ जनाले निःशुल्क आँखा जाँच गराएका थिए ।

यो कार्यक्रमले वडावासीलाई गाउँमै सेवा प्रदान गर्न सहज भएको वडाध्यक्ष खुसीराम चौधरीले बताए । उनका अनुसार अझै पनि आँखाको रोग पालेर गाउँ–गाउँमा बसिरहेकाले समस्या पहिचान गरी उपचार गर्नका लागि भूमिका खेल्न यो शिविर सञ्चालन गरिएको हो ।

शिविरबाट ४० जनामा मोतिविन्दु देखिएको थियो । उनीहरुलाई निःशुल्क उपचार गरिनेछ भने त्यो बाहेक अन्य शल्यक्रिया गर्नुपर्ने भएमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । (रासस)

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ९ : २७ बजे

आगामी निर्वाचनपछि धेरै युवाहरू नीति निर्माण गर्ने तहमा पुग्छन् : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनपछि धेरै

अक्षय कुमार–प्रियदर्शनको ‘भूत बंगला’ को नयाँ प्रदर्शन मिति सार्वजनिक

काठमाडौं– बलिउडका चर्चित निर्देशक प्रियदर्शन र सुपरस्टार अक्षय कुमारबीच १४

पाँच महिनामा भित्रियो झण्डै ९ खर्ब रेमिट्यान्स, अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले बढी

काठमाडौं– चालु आर्थिक वर्षको पाँच महिना अर्थात् मंसिर मसान्तसम्म नेपालमा

कोशी सरकारले सञ्चालनमा ल्यायो घुम्ती अस्पताल

काठमाडौं– कोशी प्रदेश सरकारले पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको

विशेष महाधिवेशन पक्षेधरको भेला बागबजारमा

काठमाडौं– विशेष महाधिवेशन पक्षधरहरूले काठमाडौंको बागबजारस्थित नुर्जा पार्टी भेन्यूमा भेला