जलवायु विस्थापन : शताब्दीकै बढ्दो मानवीय संकट « Khabarhub

जलवायु विस्थापन : शताब्दीकै बढ्दो मानवीय संकट



विश्वभर जलवायु परिवर्तनका प्रभाव तीव्र गतिमा बढ्दै जाँदा मानिसको जीवन, जीविका र बासस्थान सुरक्षित राख्ने क्षमता कमजोर बन्दै गएको छ । असामान्य वर्षा, दीर्घकालीन खडेरी, बाढी, समुद्रको सतह वृद्धि तथा हिमनदी पग्लिने प्रक्रियाले अनेकौं समुदायलाई पुराना बस्ती छाडेर नयाँ ठाउँ खोज्न बाध्य बनाइरहेका छन्, त्यस अवस्थालाई जलवायु विस्थापन भनिन्छ ।

यो केवल भौतिक स्थानान्तरण मात्र होइन, सामाजिक, आर्थिक, सांस्कृतिक र मनोवैज्ञानिक आयाममा गहिरो असर पार्ने जटिल मानवीय समस्या पनि हो । नेपाल जस्तो भौगोलिक रुपमा विविधतायुक्त र जलवायु जोखिमका लागि अत्यन्त संवेदनशील देशमा यस समस्याको प्रभाव अझ गम्भिर रुपमा महसूस भइरहेको छ ।

जलवायु परिवर्तनका असर जहाँ प्रत्यक्ष रुपमा देखिन्छन्, त्यहाँ विस्थापनका घटना तीव्र रुपमा बढ्दै गएका छन् । पहाडी क्षेत्रमा अनियमित तथा अत्यधिक वर्षाका कारण पहिरोको जोखिम बढिरहेको छ, जसले घर–जग्गा बगाउने, जमिन चिरिने र बस्ती असुरक्षित हुने अवस्था बनेको छ। यसले परिवारहरुलाई तत्काल सुरक्षित स्थान तर्फ सर्न बाध्य बनाउँछ ।

पहाडी क्षेत्रमा अनियमित तथा अत्यधिक वर्षाका कारण पहिरोको जोखिम बढिरहेको छ, जसले घर–जग्गा बगाउने, जमिन चिरिने र बस्ती असुरक्षित हुने अवस्था बनेको छ। य

त्यस्तै दीर्घकालीन खडेरीले कृषि उत्पादन घटाँउछ । खानेपानीका श्रोत सुकाउँछ, जसका कारण किसान परिवारले जीविकोपार्जन गुमाउँछन् र बसाइँ सर्न बाध्य हुन्छन् । हिमाली क्षेत्रमा हिमनदी ताल फुट्ने जोखिम बढ्दै जानु, तराईमा नदीकटान र जलमग्नता तीव्र हुुनु, यी सबै कारणले जलवायु विस्थापनलाई निरन्तर उक्साइरहेका छन् । यी प्रभाव केवल क्षणिक होइनन् । वर्षेनी दोहोरिने यस्तो जोखिमले हजारौं मानिसलाई आफ्नो बासस्थान छोडन् बाध्य बनाउँछ ।

नेपालमा जलवायु विस्थापन आज सुस्त तर बढ्दो संकटका रुपमा देखा परेको छ । मनसुनको चक्र अनियमित बन्दै गइरहेको छ । जसका कारण कुनै वर्ष अत्यधिक वर्षा भइरहेको छ त कहिलेकाहीँ लामो समय वर्षा नहुने समस्या पनि हामीले भोगिरहेका छौं।

तराई क्षेत्रमा नदी कटानका कारण हजारौं रोपनी जमिन हराउँदै जानु, पहाडी ग्रामीण क्षेत्रमा महिनौंसम्म जमिन चिरिने घटना दोहोरिनु र हिमाली क्षेत्रमा पानीका श्रोत सुक्दै जानुले बासस्थान टिकाउन कठिन बनाएको छ । सरकारी तथा गैरसरकारी अध्ययनका अनुसार प्रत्येक वर्ष दसौं हजार परिवार प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जलवायु सम्बन्धी प्रकोपले प्रभावित छन् ।

तराई क्षेत्रमा नदी कटानका कारण हजारौं रोपनी जमिन हराउँदै जानु, पहाडी ग्रामीण क्षेत्रमा महिनौंसम्म जमिन चिरिने घटना दोहोरिनु र हिमाली क्षेत्रमा पानीका श्रोत सुक्दै जानुले बासस्थान टिकाउन कठिन बनाएको छ ।

यी मध्ये धेरैले अस्थायी वा दिगो रुपमा बसोबास परिवर्तन गर्नुपर्ने अवस्था भोगिरहेका छन् । धेरै युवा वैकल्पिक रोजगारीकै खोजीमा विदेश जान बाध्य हुन्छन्, जसले ग्रामीण क्षेत्रमा जनसंख्या असन्तुलन, श्रम अभाव र नयाँ सामाजिक संरचनाको चुनौती उत्पन्न गर्छ ।

जलवायु विस्थापनसँग आएका चुनौती बहुआयामिक छन् । सबैभन्दा पहिले विस्थापित परिवारलाई सुरक्षित आवासको समस्या पर्न जान्छ । प्रायः उनीहरु विद्यालय, समुदायिक भवन, आफन्तका घरमा अस्थायी रुपमा बस्न बाध्य हुन्छन् जहाँ स्वच्छता, गोपनीयता, स्वास्थ्य सुविधा र सुरक्षित वातावरणको समस्या हुन्छ ।

यस्तो दीर्घकालीन अस्थायी जीवनले परिवारको सामाजिक संरचनामा तनाव सिर्जना गर्छ । दोश्रो ठूलो चुनौती रोजगारी तथा आय आर्जनसँग जोडिएको छ । विस्थापन भएपछि मानिसले आफ्नो कृषि भूमि, पशुधन तथा अन्य सम्पति गुमाँउछन् । जसले उनीहरुको पेशा तथा जीवनशैलीमा ठूलो धक्का पुर्‍याउँछ । नयाँ ठाउँमा स्थानीय सीपसँग मेल खाने काम पाउन कठिन हुन्छ र गरिबीको चक्र अझ गहिरो हुन्छ ।

यस्तै विस्थापनले मानसिक स्वास्थ्यमा असर गर्दछ । आफ्ना धेरै कुरा गुमाउँदा मानिसमा त्रास, तनाव, अनिश्चितता र आत्मविश्वासको ह्रास देखा पर्छ । विशेषगरी बालबालिका र वृद्धमा मनोवैज्ञानिक प्रभाव गहिरो हुन्छ किनकी उनीहरु परिवर्तनसँग तत्काल अनुकूल हुन सक्दैनन् । त्यस्तै जलवायु विस्थापन सांस्कृतिक पहिचानसँग पनि सम्बन्धित छ । धेरै आदिवासी तथा जनजाति समुदायको जीवनशैली, विश्वास, भाषा, संस्कार जमिन तथा प्राकृतिक परिवेशसँग प्रत्यक्ष जोडिएको हुन्छ । जब उनीहरु नयाँ ठाउँमा बस्न बाध्य हुन्छन् । परम्परागत अभ्यास कमजोर हुन्छन् र सांस्कृतिक पहिचान जोखिममा पर्छन् ।

विस्थापनले मानसिक स्वास्थ्यमा असर गर्दछ । आफ्ना धेरै कुरा गुमाउँदा मानिसमा त्रास, तनाव, अनिश्चितता र आत्मविश्वासको ह्रास देखा पर्छ । विशेषगरी बालबालिका र वृद्धमा मनोवैज्ञानिक प्रभाव गहिरो हुन्छ किनकी उनीहरु परिवर्तनसँग तत्काल अनुकूल हुन सक्दैनन् ।

सरकारी योजनामा पनि दीर्घकालीन समन्वय र नीति स्पष्टता आवश्यक रहेको देखिन्छ । प्राय तत्काल राहतमा मात्र ध्यान जाने तर दीगो पुनर्वास, रोजगारी व्यवस्थापन र आधारभूत सेवा पहँुचको पक्षमा कमजोरी देखिने गरिन्छ । विस्थापन जस्तो समस्या केवल घर बनाइदिने वा राहत वितरण गर्ने विषय होइन, यो सामाजिक पुननिर्माण, आर्थिक अवस्था सिर्जना र दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने संवेदनशील प्रक्रिया हो ।

यसका लागि विकास योजना, आवास नीति, जोखिम व्यवस्थापन र सामाजिक संरक्षण कार्यक्रमबीच समन्वय अत्यन्त आवश्यक छ ।

जलवायु विस्थापनको मूल जड हेर्दा जलवायु न्यायको प्रश्न पनि उस्तै बलियो रुपमा उठ्छ । जलवायु परिवर्तनको कारणमा गरिबी तथा जोखिममा रहेका समुदायको भूमिका न्यून छ, तर असर भने उनीहरुकै जीवनमा बढी परिेरहेको हुन्छ । धनी तथा औद्योगिक राष्टरुले धेरै दशकसम्म कार्बन उत्सर्जन बढाउँदै वातावरणमा हानी पुर्‍याए पनि यसको मूल्य विकासोन्मुख र कमजोर देशका नागरिकले तिर्नुपरेको छ । यसैले जलवायु न्यायको बहसमा क्षतिपूर्ति, अन्तर्राष्ट्रिय सहयोग, हरित प्रविधि हस्तान्तरण र दिगो विकासका लागि श्रोत उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्नुपर्छ ।

यस समस्याको समाधानका लागि दिगो र समग्र रणनीति आवश्यक छ । पहाडी तथा नदी किनारका जोखिमयुक्त क्षेत्रमा वातावरण संवेदनशील पूर्वाधार विकास गर्नुपर्छ । जसले बाढी, पहिरो वा कटानबाट मानिस सुरक्षित रहून । प्रारम्भिक चेतावनी प्रणाली सुदृढ बनाउन पनि अत्यन्त जरुरी छ, ताकि समुदायले जोखिम आउने संकेत तुरुन्त थाहा पाओस् र समयमै सुरक्षित स्थानमा जान सकोस् ।

दीर्घकालीन पुर्नवास नीति भने अझ महत्त्वपूर्ण पक्ष हो, जसले आवास, रोजगारी, शिक्षा, स्वास्थ, सामाजिक पुनस्र्थापना र सांस्कृतिक पहिचान जोगाउने पक्षलाई समेट्नु पर्छ । सामुदायिक अनुकूल कार्यक्रम, स्थानीय ज्ञानको संरक्षण र वातावरणमैत्री कृषि प्रविधिको प्रयोगले समुदायलाई जलवायु परिवर्तनसँग जुध्न थप सक्षम बनाउँछ ।

अन्तर्राष्ट्रिय सहयोग र जलवायु प्रविधि तथा विशेषज्ञता नेपालजस्ता संवेदनशील मुलुकका लागि अनिवार्य छ ।
अन्ततः जलवायु परिवर्तन आज विश्वकै साझा चुनौती भए पनि यसको सबैभन्दा गम्भीर बोझ भने कमजोर तथा जोखिममा रहेका समुदायले नै भोगिरहेका छन् । नेपालमा जलवायु विस्थापन बढ्नु केवल प्राकृतिक घटनाको परिणाम मात्र होइन, विकासमा प्राथमिकता, संरचनागत कमजोरी र सामाजिक तथा आर्थिक असमानतासँग पनि प्रत्यक्ष जोडिएको छ ।

जलवायु परिवर्तन आज विश्वकै साझा चुनौती भए पनि यसको सबैभन्दा गम्भीर बोझ भने कमजोर तथा जोखिममा रहेका समुदायले नै भोगिरहेका छन् ।

त्यसैले समाधान खोज्दा केवल भौतिक व्यवस्थापन मात्र होइन, सामाजिक न्याय, आर्थिक अवसर र सांस्कृतिक पहिचान सुरक्षित गर्ने दृष्टिकोण आवश्यक छ । जलवायु परिवर्तनले प्रतिक्षा गर्दैन । मानिसको विस्थापन पनि समयसँगै बढ्दै जानेछ । त्यसैले अझ ठूलो संकट आउनु पहिले नै दिगो, वैज्ञानिक र मानव केन्द्रित कदम चाल्नु अपरिहार्य छ ।

यस जटिल अवस्थालाई बुझ्दा फ्रान्सेली दार्शनिक तथा समाजशास्त्री बु्रनो लतुरका विचार विशेष सान्दर्भिक देखिन्छन् । लतुरले बारम्बार यस कुरामा जोड दिए कि मानव र प्रकृति छुट्टाछुट्टै अस्तित्व होइनन्, हाम्रो जीवन, प्रविधि, राजनीति र वातावरण आपसमा गाँसिएको एक जटिल जाल हो । जलवायु संकटको वास्तविक समाधान यतिबेला सम्भव हुन्छ, जब हामी प्रकृति बाहिर होइन, प्रकृतिसँगै एक साझा समुदायका सदस्याका रुपमा सोच्न थाल्छौं ।

नेपालमा जलवायु विस्थापन घटाउन दिगो पूर्वाधार, पहाड मैत्री नीति, सामाजिक सांस्कृतिक पुनस्र्थापना र अन्तर्राष्ट्रिय न्याय आवश्यक छ । लतुरले सुझाएझैं हामीले पृथ्वीलाई केवल साधनका रुपमा होइन, सह–अस्तित्वका आधारमा हेर्न सके मात्र मानव प्रकृति सम्बन्ध सन्तुलित हुन्छ र दीर्घकालीन शान्ति सम्भव छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १० : ०३ बजे

क्यानका प्रवक्ता छुम्बी लामालाई राखेपले फिर्ता बोलायो

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट सङ्घ

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

गण्डकी– कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी तालिम

कांग्रेस बनाउने गगनको ‘जरा अभियान’ : कोइराला-खड्काको असन्तुष्टि

काठमाडौँ – नेपाली कांग्रेसले २०८३ वैशाख १ गतेदेखि देशैभर ‘एकमहिने

१५ दिनभित्र घरबहाल नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम हुने

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ग्यालेक्सी फोर के (Galaxy 4K) टेलिभिजनलाई १५

बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत गरिने

बागमती– बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक अपराह्न ५