बाँकेका पर्यटकीय क्षेत्रमा पर्यटकको आकर्षण बढ्दै  « Khabarhub

बाँकेका पर्यटकीय क्षेत्रमा पर्यटकको आकर्षण बढ्दै 


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज–  बाँकेका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा यात्रा गर्न पाउँदा पर्यटक खुसी हुन थालेका छन् । जिल्लाका प्रसिद्ध पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक तथा भारतीय पर्यटकको चहलपहलसँगै पदयात्रा गर्नेको भीड लाग्न थालेको पर्यटन व्यवसायीले जनाएका छन् ।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा रहेको बाबा बर्फानी मन्दिर, गाईलेक, सन्तानेश्वर महादेवको मन्दिर,नरैनापुर गाउँपालिकमा रहेको गोवर्धन धाम र डुडुवा गाउँपालिकामा रहेको कम्मर शाह मन्दिर पदयात्राका लागि सबैभन्दा उत्तम मानिएको छ ।

यसमध्ये पनि प्रकृतिसँगै रमाउँदै पदयात्रा गर्न राप्तीसोनारीको बाबा बर्फानी र सन्तानेश्वर महादेवको मन्दिर र नरैनापुरको गोवर्धन धाम अझ बढी  आकर्षक रहेको नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), बाँकेका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले बताए ।

उनले यस बाहेक बाँके राष्ट्रिय निकुञ्जमा साइकिलिङ, हाइकिङ, जङ्गल वाक र जङ्गल सफारी गरेर यात्रालाई रोमाञ्चक बनाउन सकिने उल्लेख गरे । उनले भने, ‘जिल्लामा यस्ता धेरै स्थान छन् जसको व्यवस्थापनबाट मात्रै पनि आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने बनाएर पर्यटन प्रवर्द्धन गर्न सकिन्छ ।’

तराईको पहाड मानिएको महाभारत चुरे पहाडमा रहेको बाबा बर्फानीको मन्दिर पुगेर आएकी पुष्पा ज्ञवाली खनालले प्राकृतिक सुन्दरताले आफूलाई लोभ्याएको उल्लेख गर्दै आनन्द महसुस भएको बताइन् ।

उनले बाबा बर्फानी जाने बाटो आवतजावत गर्नका लागि भौतिक पूर्वाधारको विकास आवश्यक भएको भन्दै पदयात्रा रोमाञ्चक भएको अनुभव सुनाइन् । गुल्मेली समाज, बाँकेका अध्यक्ष हरिलाल न्यौपानेले प्रकृतिसँगको सामिप्यताले मनमा फरक प्रकारको शान्ति मिल्ने उल्लेख गर्दै बाबा बर्फानी पदयात्राको उकालो ओरालो यात्राले शरीरमा थेरापीको कामसमेत गरेको बताए ।

पत्रकार विनय दीक्षितले सन्तानेश्वर महादेवको मन्दिर नरैनापुर गाउँपालिका–५ को मटेहिया चोकदेखि करिब १५ किलोमिटर उत्तरमा रहेको जानकारी दिँदै मन्दिर पुगेपछि शान्तिको अनुभूति हुने बताए । उनले प्रकृतिको दृश्यावलोकनले रोमाञ्चक बनाउने उल्लेख गर्दै पदयात्राका लागि महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताए ।

अति रमणीय, सुन्दर अनि मनमोहक दृश्यले भरिपूर्ण गोवर्धनधाम क्षेत्रलाई पनि धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ । यस क्षेत्रलाई पनि पदयात्राका लागि चयन गर्न सकिने र यसबाट भरपुर आनन्द प्राप्त हुने पत्रकार दीक्षितको भनाइ छ ।

नेपालगञ्जदेखि करिब ३८ किलोमिटर पूर्व नरैनापुर पुगेर नरैनापुरको वडा ४ जयारामपुरुवाबाट उत्तर ५ किलोमिटर अगाडि जङ्गलको बीचमा गोवर्धनधामको मन्दिर छ । नरैनापुरसम्म चारपाङ्ग्रे सवारीसाधन र नरैनापुरबाट मोटरसाइकलको प्रयोग गरी सो स्थलमा पुग्न सकिने बताइएको छ ।

गोवर्धनधाम क्षेत्रको पूर्वमा धार्मिक पर्यटकीयस्थल बर्फानी बाबाको आश्रम र पश्चिममा प्रसिद्ध सन्तानेश्वर मन्दिर छ । नरैनापुर क्षेत्रको पहाडी भूभाग र राप्ती नदी किनारक्षेत्रमा विभिन्न मठमन्दिर छन् । यस बाहेक पनि बाँकेमा धेरै पर्यटकीय क्षेत्र छन् जहाँ छोटो समय बिताएर पनि पर्यटकले सन्तुष्टी प्राप्त गर्न सक्छन् । (रासस)

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ९ : ४९ बजे

टाटा कमर्सियल गाडीको सुरक्षित यात्राको लागि आजबाट होली सर्भिस क्याम्प

काठमाडौं– होली पर्व नजिकिँदै गर्दा टाटा कमर्सियलले ग्राहकलाई आजदेखि १५ गते

भक्तपुर- १ का मतदाता भन्छन् : सधैँ जनतामाझ रहने उम्मेदवारलाई मात्र मत दिन्छौँ

काठमाडौं– ‘चुनावमा मात्रै भोट माग्न आउनेलाई यसपाली मतदान गरिँदैन’ भक्तपुर

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, एकै परिवारका चारसहित कम्तीमा १६ जना मारिए

इस्लामावाद- पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ। आइतबार

यो निर्वाचनले परिवर्तनको अपेक्षा पूरा गर्नेछ : डा. अयोधीप्रसाद यादव (अन्तर्वार्ता)

राजविराज– प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले २०७३ असार २७

पाक-अफगान सीमा तनाव चुलियो

बिहसुद– पाकिस्तानले आइतबार छिमेकी अफगानिस्तानको सीमा क्षेत्रमा गरेको व्यापक हवाई