ओलाङचुङगोला जाने सडक मर्मत « Khabarhub

ओलाङचुङगोला जाने सडक मर्मत


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– अवरुद्ध रहेको ताप्लेजुङको ओलाङचुङगोला जाने सडक मर्मतपछि पुनः सवारीसाधन सञ्चालनमा आउन थालेका छन् ।

सुपर तमोर हाइड्रोपावर कम्पनीको सहयोगमा सडक सफाइ र मर्मत सम्पन्न भएपछि दुईवटा मोटरसाइकल र एउटा ट्याक्टर ओलाङचुङगोलासम्म पुगेका छन् ।

फक्ताङलुङ गाउँपालिका–७ का वडाअध्यक्ष छेतेन शेर्पाका अनुसार वर्षातका समयमा विभिन्न स्थानमा सडक भासिँदा र पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । हाल उक्त सडक मर्मतपछि सुकेपानीदेखि ओलाङचुङगोला–टिप्ताला सडकखण्ड फेरि सञ्चालनमा आएको उजले जानकारी दिए ।

सडक खुलेसँगै स्थानीय बासिन्दाले मोटरसाइकलसहितका साना सवारीसाधन चलाउन थालेका छन् । तर सुकेपानी र जोङिगन क्षेत्र हुँदै बग्ने तमोर नदीमा पानीको बहाव अझै उच्च रहेकाले सवारीसाधन तार्न कठिनाइ रहेको स्थानीयले बताएका छन् ।

एक दुई हप्ताभित्र तमोरको पानीको बहाव घट्ने अनुमान गरिएको छ । त्यसपछि ह्युम पाइप राखेर साना सवारी सहज रूपमा आवतजावत गर्न सक्ने व्यवस्था मिलाउने तयारी भइरहेको वडाध्यक्ष शेर्पाले बताए । (रासस)

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ११ : १६ बजे

भन्सार छलेर ल्याइएका १० वटा स्कुटर नियन्त्रणमा

वीरगन्ज– भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको

‘संविधान पूर्ण कार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका लागि

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

नयाँदिल्ली- भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय

राष्ट्रिय मुक्ति पार्टीका महासचिव झासहित नौ नेता पार्टीबाट अलगिए

काठमाडौं – राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता