कञ्चनपुरको हुलाकी सडक आठ वर्ष बितिसक्दा पनि अधुरै « Khabarhub

कञ्चनपुरको हुलाकी सडक आठ वर्ष बितिसक्दा पनि अधुरै


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– तीस महिनामा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी साढे आठ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिकाको डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणको सुरुवात २०७३ फागुनमा भएको थियो । तीन वटा प्याकेजमा ठेक्का दिएर थालिएको निर्माण निर्माण कम्पनीको ढिलासुस्तीका कारण पटक-पटक म्याद थप गर्दा पनि सम्पन्न हुन नसकेको हो ।

कूल ६२ किलोमिटर सडकमध्ये हालसम्म ५० किलोमिटर मात्रै कालोपत्र भएको छ । हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले तीन वटा प्याकेजमध्ये दोस्रो प्याकेजको करिब १२ किलोमिटर हुलाकी सडक कालोपत्रे हुन नसकेको बताए।

‘दोस्रो २२ किलोमिटरको प्याकेजमा एक हजार १०० मिटर भारतसितको सीमा विवादका कारण निर्माण छाडेकोसहित गरेर १२ किलोमिटर कालोपत्रे भएको छैन’ प्रमुख लामिछानेले भने, ‘२२ किलोमिटरको अन्तिम प्याकेज निर्माणको अन्तिम चरणमा छ ।’

त्यसैगरी सडकअन्तर्गत दोदा नदीमा पक्की पुल निर्माणसमेतका लागि गरेर चालु आर्थिक वर्षमा २५ करोड बजेट विनियोजन भएको प्रमुख लामिछानेले जानकारी दिए । सडक निर्माणले कञ्चनपुरको दक्षिण क्षेत्रका नागरिकहरूलाई सदरमुकाम महेन्द्रनगर र प्रदेश राजधानीसमेत रहेको धनगढी बजार आवागमनमा सहजता थपिएको छ । 

‘वर्षौंसम्म हिलो र थुलो खाएर यात्रा गर्नुपरेको थियो’, बेलौरीका शिक्षक केशव विष्टले भने, ‘अढाइ वर्षमा बनाइसक्नुपर्ने सडक ठेकेदारको लापर्वाहीले साढे आठ वर्षसम्म नबन्दा हैरानी खेप्नुपरेको छ ।’

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १२ : ५९ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन १५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन