बलिउड अभिनेता धर्मेन्द्रको निधन « Khabarhub

बलिउड अभिनेता धर्मेन्द्रको निधन


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

मुम्बई- बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको सोमबार निधन भएको छ। यो जानकारी न्यूज एजेन्सी आईएनएसले सार्वजनिक गरेको हो।

समाचारअनुसार ८९ वर्षका धर्मेन्द्रले सोमबार दिउँसो करिब १ बजे आफ्नै घरमा अन्तिम श्वास लिए।

उनकाे अन्तिम संस्कार विले पार्लेस्थित श्मशानभूमिमा जारी छ, जहाँ अमिताभ बच्चन, आमिर खानसहित धेरै सेलिब्रिटीहरू पुगेका छन्।

धर्मेन्द्रको निधनपछि श्रद्धाञ्ली दिन बलिउडका हस्तीहरू अन्तिम संस्कारस्थलमा सहभागी भइरहेका छन् । संवाद लेखक तथा सलमान खानका पिता सलीम खान विले पार्ले श्मशानभूमि पुगेका छन्।

उता करण जोहर धर्मेन्द्रको निधनलाई एक युगको अन्त्य भनेका छन् । करण जोहरले धर्मेन्द्रको निधनको पुष्टि गर्दै श्रद्धाञ्जली दिएका छन्।

धर्मेन्द्र एक युगका विशिष्ट सुपरस्टार, मुख्यधारा सिनेमाका सच्चा हिरो, अविश्वसनीय रूपमा आकर्षक र रहस्यमयी उपस्थिति भएका कलाकार भनेर उनले चर्चा गरेका छन् ।

‘जोहरले लेखे, ’धर्मेन्द्र भारतीय सिनेमाका साँचिकै दिग्गज हुन् र इतिहासका पानाहरूमा उनकाे नाम सदैव चम्किरहनेछ। उनले धर्मेन्द्रलाई असल मान्छेका रूपमा सम्झिँदै भने कि उद्योगभित्र सबैले उनीप्रति अपार माया राख्थे’, उनले भनेका छन् ।

अहिले धर्मेन्द्रकी पत्नी एवम् अभिनेत्री हेमा मालिनी पनि अन्तिम संस्कारमा सहभागी हुन श्मशानभूमि पुगेकी छन्। अहिले अभिनेता आमिर खान पनि विले पार्ले श्मशान घाटमा पुगेका छन्।

अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन दुवै अन्तिम संस्कारमा सहभागी भएका छन्। धर्मेन्द्रकी छोरी ईशा देओल विले पार्ले श्मशानभूमि पुगेकी छन्।

घरमा एम्बुलेन्स, श्मशानभूमिको सुरक्षा बढाइयो
दिउँसो करिब १ बजे धर्मेन्द्रको घर बाहिर एम्बुलेन्स पुगेको देखिएको थियो। निधनको खबर सार्वजनिक भएपछि विले पार्ले श्मशान घाटमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

झूटो खबर

११ नोभेम्बरमा पनि धर्मेन्द्रको निधनको खबर फैलिएको थियो, तर परिवारले तुरुन्तै खारेज गरेको थियो।

हेमा मालिनीले झूटा खबर फैलाउने मिडियाप्रति कडा असन्तुष्टि जनाउँदै परिवारको गोपनीयताको सम्मान गर्न आग्रह गरेकी थिइन्।

त्यही दिन रक्षा मन्त्री राजनाथ सिंहले पनि दु:ख व्यक्त गर्दै पोस्ट गरेका थिए, तर खबर झूटो ठहरिएपछि उनले त्यो पोस्ट हटाएका थिए।

धर्मेन्द्रलाई १२ नोभेम्बरमा ब्रीच क्यान्डी अस्पतालबाट डिस्चार्ज गरिएको थियो। १३ नोभेम्बरमा घरबाट निस्कँदै गर्दा सनी देओलले मिडियामाथि आक्रोश व्यक्त गरेका थिए । ‘तपाईंहरूको घरमा पनि बाबुआमा छन्, बालबच्चा छन्, लाज लाग्दैन?’, उनले भनेका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  २ : ३४ बजे

रविलाई सांसदबाट निलम्बन गर्न मागसहित सर्वोच्च पुग्यो रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद

विश्व बैंकको सहयोगमा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति

दमौली– विश्व बैंकको सहयोगमा स्तरोन्नति सुरु भएको व्यास नगरपालिकास्थित चार

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष पदमा डिल्लीराज आचार्यलाई

तीन ऐन संशोधन गर्न बनेका विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय

काठमाडौं- सरकारले तीन वटा ऐन संशोधन गर्न बनेका विधेयक संघीय

पुरातत्वका पूर्वइन्जिनियरसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा, ६४ करोडको ठेक्कामा सवा ४ करोड घुस

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल