बोरामा फ्याँकिएकी मायाको शव ११ दिनसम्म सडकमै रहिरह्यो, कात्तिक २६ मै भएको थियो हत्या « Khabarhub

बोरामा फ्याँकिएकी मायाको शव ११ दिनसम्म सडकमै रहिरह्यो, कात्तिक २६ मै भएको थियो हत्या


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको गोंगबुस्थित बसपार्कमा तन्ना र प्लास्टिकमा पोको पारेर फ्याँकिएको अवस्थामा भेटिएको शव २० वर्षीया माया भनिने आयुशा मगरको भएको खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार उनको हत्या गत कात्तिक २६ गते नै भएको खुलेको छ। मायाको शव टोखा नगरपालिका वडा नम्बर-९ चक्रपथ नजिकै भेटिएको थियो ।

मायाको हत्या अभियोगमा प्रहरीले नयाँ बसपार्कनजिकै रहेको रोयल पुम्बला होटलका कामदार २४ वर्षीय सूर्य थापालाई पक्राउ गरिसकेको छ।

उक्त होटलमा प्रयोग गरिएको तकिया र तन्नाको खोलका आधारमा प्रहरीले थापालाई पक्राउ गर्न सफल भएको हो ।

कात्तिक २६ गते नै हत्या गरेर फोहोर हाल्ने प्लास्टिक र प्याज बोक्ने अर्को बोरामा प्याकिङ गरेर फ्याँकिएकी मायाको शव शनिबार मात्रै भेटिएको थियो ।

तर उनको पहिचान खुल्न सकेको थिएन । करिब ११ दिनसम्म सडकमै रहेको उक्त शव सडिसकेको अवस्थामा फेला परेको थियो ।

उक्त शव रूकुम घर भएकी २० वर्षीया माया भन्ने आयुषा मगरको रहेको पुष्टि भएपछि थालिएको अनुसन्धानका क्रममा सूर्य थापा मगर समातिएका हुन् । उनले हत्या गरेको कुरा स्वीकारिसकेका छन् ।

थापा मगर बसपार्कस्थित उक्त होटलका कुक रहेको खुलेको छ। माया र सूर्यबीच १५ दिनअघि मात्रै चिनजान भएको खुलेको छ। एसपी भट्टराईका अनुसार माया लागूऔषधकी दुर्व्यसनी थिइन् भने सूर्य अत्यधिक मादक पदार्थ पिउने गर्थे ।

मायाले ब्राउन सुगर किन्न भन्दै सूर्यसँग ५०० रुपैयाँ सापटी मागेकी थिइन् । उक्त रकम मायाले फिर्ता नदिएपछि भएको विवादमा सूर्यले जुत्ताको तुनाले घाँटीमा कसेर ज्यान लिएको खुलेको भट्टराईले बताए ।

कसरी भयो घटना ?

प्रहरीका अनुसार यही शनिबार बिहान मात्रै ८ बजेको समयमा पोको पारेर एउटा लाश फ्याँकिएको जानकारी स्थानीयबाट प्राप्त भएको थियो । उक्त लाश तन्नाले बेरिएको अवस्था भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा नयाँ बसपार्क नजिकै रोयल पुम्बलाको कोठामा प्रयोग भएका तकिया र तन्नाको पहिचा गर्‍यो । त्यसपछि प्रहरीले उक्त होटलको मालिक र म्यानेजरसँग सोधखोज गर्दा पनि कुरा खुल्न सकेन।

त्यसपछि शंकास्पद व्यक्तिहरूसँग अनुसन्धान गर्दा त्यही होटलमा काम गर्ने २४ वर्षीय सूर्य थापा मगरलाई पक्राउ गरिएको । उनले माया मगर भन्ने आयुषा मगरको हत्या गरेको स्वीकारेका छन् । उनीहरू दुवैजना करिब १५ दिनअघि चिनजान भएका थिए । माया अर्की साथी डोल्मासँग त्यस होटलमा गएकी थिइन् ।

त्यसपछि गत कात्तिक २६ गते डोल्मा होटलको छतमा सुतेकी खुलेको छ। तर माया भने होटका स्टाफ बस्ने कोठामै बसिन् । त्यहाँ मायाले सूर्यसँग ब्राउनसुगर किन्नका लागि सूर्यसँग ५०० रुपैयाँ मागेर लगेकी थिइन् । माया लागुऔषध प्रयोगकर्ता हो भन्ने बुझिएको एसपी भट्टराईले बताएका छन् ।

उता कुक सूर्य पनि मादक पदार्थ पिइरहने व्यक्ति भएको खुलेको छ। तर सूर्यले दिएको ५ सय रुपैयाँ फिर्ता गर्न मायाले नमानेपछि विवाद भएको थियो । त्यही ५०० रुपैयाँको विवादमा कात्तिक २६ गते सूर्य थापाले जुत्ताको तुनाले घाँटीमा कसेर मायाको ज्यान लिएको खुलेको छ।

मायाको ज्यान गएपछि फोहोर फ्याँक्ने प्लास्टिक र प्याजको बोरामा तन्नाले पनि र्‍यापगरेर चक्रपथनजिकै फ्याँकेको खुलेको छ। राम्रोसँग र्‍याप गरेर फ्याँकेकाले उक्त शव सड्दा पनि दुर्गन्ध फैलिन पाएन । तर मायाको मृत्यु कात्तिक २६ गते नै भएको भट्टराईले बताए । ‘शवको दुर्गन्ध नआउने तरिकाले फ्याँकिएको थियो’, उनले भने, ‘माया मगरको हत्या सूर्य एक्लैले गरेको स्वीकारेको अवस्था छ।’

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ३ : ३४ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने