चुच्चेपाटीको भाटभटेनीमा जलेका सात जनाको हुन सकेन पहिचान, डीएनए स्याम्पलसमेत निस्किएन « Khabarhub

चुच्चेपाटीको भाटभटेनीमा जलेका सात जनाको हुन सकेन पहिचान, डीएनए स्याम्पलसमेत निस्किएन


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा जलेका ७ जनाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराईले भदौ २४ गते तोडफोड र आगजनीका क्रममा जलेका ७ जनाको पहिचान हुनै नसकेको बताएका छन् । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए ।

‘चुच्चेपाटीको भाटभेटीनभित्र जलेको अवस्थामा ७ वटा शव भेटिएका थिए । ती शव पूरै जलेकाले हामीले विधि विज्ञान प्रयोगशलामा पठाएका थियौँ’, उनले भने, ‘तर पूरै जलेर खरानी भएकाले डीएनए स्याम्पल निकाल्न पनि समस्या भएको छ। ती शव पूरै जलेको अवस्थामा छन् । शवको डीएनए संकलन नहुँदा आशंका गरिएका परिवार सदस्यसँग मिलाउन पनि सकिएन ।’

उनले अहिलेलाई पहिचान प्रक्रिया नै रोकिएको बताएका छन् । ‘डीएनए स्याम्पल पाउन नसकेकाले अब विशेष प्रविधि भएका देशतिर त्यो अवशेष पठाउन सकिन्छ कि भन्ने भएको छ’, उनले भने, ‘अहिलेलाई नेपालमा पहिचान कार्यलाई नै स्थगित गर्नु्पर्न भएको छ।’

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ३ : ४४ बजे

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।

प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’

म्याग्दी– म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।