चुच्चेपाटीको भाटभटेनीमा जलेका सात जनाको हुन सकेन पहिचान, डीएनए स्याम्पलसमेत निस्किएन « Khabarhub

चुच्चेपाटीको भाटभटेनीमा जलेका सात जनाको हुन सकेन पहिचान, डीएनए स्याम्पलसमेत निस्किएन


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा जलेका ७ जनाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराईले भदौ २४ गते तोडफोड र आगजनीका क्रममा जलेका ७ जनाको पहिचान हुनै नसकेको बताएका छन् । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए ।

‘चुच्चेपाटीको भाटभेटीनभित्र जलेको अवस्थामा ७ वटा शव भेटिएका थिए । ती शव पूरै जलेकाले हामीले विधि विज्ञान प्रयोगशलामा पठाएका थियौँ’, उनले भने, ‘तर पूरै जलेर खरानी भएकाले डीएनए स्याम्पल निकाल्न पनि समस्या भएको छ। ती शव पूरै जलेको अवस्थामा छन् । शवको डीएनए संकलन नहुँदा आशंका गरिएका परिवार सदस्यसँग मिलाउन पनि सकिएन ।’

उनले अहिलेलाई पहिचान प्रक्रिया नै रोकिएको बताएका छन् । ‘डीएनए स्याम्पल पाउन नसकेकाले अब विशेष प्रविधि भएका देशतिर त्यो अवशेष पठाउन सकिन्छ कि भन्ने भएको छ’, उनले भने, ‘अहिलेलाई नेपालमा पहिचान कार्यलाई नै स्थगित गर्नु्पर्न भएको छ।’

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ३ : ४४ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने