८२ सालको सबैभन्दा बढी कमाउने फिल्म बन्यो ‘परान’, तेस्रो साताको ब्यापार करोडमाथि व्यापार « Khabarhub

८२ सालको सबैभन्दा बढी कमाउने फिल्म बन्यो ‘परान’, तेस्रो साताको ब्यापार करोडमाथि व्यापार


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपक आचार्य ‘काकु’को डेब्यू निर्देशनमा बनेको फिल्म ‘परान’ले प्रदर्शनको तेस्रो साता मात्रै ४ करोड २९ लाख ५८ हजार ग्रस कलेक्सन गरेका छ ।

चलचित्र विकास बोर्डका अनुसार कात्तिक ३० देखि मंसिर ६ गतेसम्म यो फिल्मले उक्त रकम बराबरको ग्रस कलेक्सन गरको हो । यस अवधिमा १ लाख ५१ हजार ९९३ वटा टिकट बिक्री भएको छ ।

कात्तिक १४ देखि मंसिर ६ सम्म यस फिल्मले १४ करोड १६ लाख ५१ हजार ग्रस कलेक्सन गरेको बोर्डले जनाएको छ ।

यो सँगै ‘परान’ ०८२ सालकै हिट फिल्म बनेको छ । असोज ३१ बाट प्रदर्शनमा आएको नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’को रेकर्ड यसले तोडेको हो ।

यो पनि – समीक्षा : परान भरिएको ‘परान’

‘जेरी अन टप’ले मंसिर ६ सम्म १२ करोड ७ लाख ग्रस कलेक्सन गरेको छ । जारीले केही साताअघि मात्रै फिल्म ‘ऊनको स्वीटर’को रेकर्ड तोडेर वर्षको हिट फिल्म बनेको थियो ।

‘परान’ हिट फिल्मको सिक्वेल ‘जारी २’ र ‘मन बिनाको धन’सँग बक्स अफिस प्रतिस्पर्धा गरेर पनि रेकर्ड राख्न सफल भएको हो ।

यो फिल्मको शीर्ष भूमिकामा कलाकार नीर शाह छन् ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ४ : ३८ बजे

प्रथम वैतेश्वर शिक्षक-कर्मचारी भलिबलको उपाधि आयोजक टिमलाई

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाको आयोजनामा सञ्चालित  वडा स्तरीय शिक्षक-कर्मचारी भलिबल

गगनले भने, ‘कांग्रेस दास र लासको पार्टी होइन, जिउँदाहरूको हो’

काठमाडौं- महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस दास र लासको नभइ

कांग्रेस महाधिवेशनमा नेता/कार्यकर्तालाई एलर्जीको समस्या बढी, जथाभावी औषधि वितरण

काठमाडौं- राजधानीको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा स्थापना गरिएको

मगर समुदायले काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ति मनाउने

काठमाडौं– मगर समुदायले काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ति पर्व मनाउने भएको छ

‘गोबर गणेश’ प्रचारमा ‘बल्छी’ : अग्रज कलाकार भेटेर आर्शीवाद

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ आफ्नो डेब्यू लेखन,